Skip to content
Prabhu

“दुई महिना भित्रमा अन्लाईन आउँछ भन्ने कुरामा हाम्रो संघ ढुक्क छ”: राजु पौडेल


लगानीन्युज/काठमाडौँ: श्रावणको पहिलो साता जन्मिएको नेपाल पूंजीबजार लगानीकर्ता संघका उपाध्यक्ष राजु पौडेल पेशाले शिक्षक हुन् । केही समय यता लेख रचनाबाट शेयर शिक्षा फैलाउदै आएका  पौडेल अब भने नेपाल पुँजी बजार लगानीकर्ता संघमा आवद्ध भएर पुँजी बजारको विकास गर्न लागिपरेका छन् ।  उपाध्यक्ष राजु पौडेलसंग लगानीन्युज टिमले गरेको कुराकानी : 

सर्वप्रथम नेपाल पुँजी बजार लगानीकर्ता सङ्घको उपाध्यक्ष  हुनु भएकोमा बधाई ! तपाइहरू दुईवटा संघपछी खुलेको तेस्रो सङ्घ,  अरू भन्दा कसरी फरक हुनुहुन्छ ?
हाम्रो संघ  अरू संघ  भन्दा यस मानेमा फरक छ ।  पहिलो कुरा नेपालको पुँजी बजारको इतिहासमा लगानी कर्तासंघको अध्यक्षमा पहिलो युवा महिला अध्यक्ष हाम्रो संघले पाएको छ । दोस्रो कुरा अरू संघ  काठमाडौँमा मात्र सीमित छन् हामी सातै प्रदेश ७७ जिल्लामा पुग्ने पहिलो संघ  बन्दै छौ र तेस्रो अरू संघ  ठुला लगानी कर्ताहरूलाई नेतृत्व गर्छन् भने हामी साना देखि ठुला लगानी कर्ता अर्थात् १५ लाख लगानी कर्ताको नेतृत्व गर्छौ ।

अरू संघ  ठुला लगानी कर्ताहरूलाई नेतृत्व गर्छन् भने हामी साना देखि ठुला लगानी कर्ता अर्थात् १५ लाख लगानी कर्ताको नेतृत्व गर्छौ ।

 भविष्यमा के के गर्ने योजना छ ? बुदागत रूपमा भन्दिनुस् न ?

हाम्रा योजनाहरू:
  •  सातै प्रदेशका संयोजक र स-संयोजक बनाउने 
  •  सबै जिल्लाबाट सदस्य बनाउने 
  •  यो आर्थिक वर्षमा सातै प्रदेशमा शेयर  शिक्षा कार्यक्रम लाने
  • आगामी वर्षहरूमा नेप्से र सेबोनसँग समन्वय गरेर जिल्ला जिल्लामा शेयर  शिक्षा र लगानीकर्ता awareness कार्यक्रम लिएर जाने 
  •  त्यस बाहेक सेबोन, नेप्से र cds लाई बार बार  डेलिकेशन गएर झक्झकाई रहेन ।
  • उच्च तहका नेता देखि लिएर अर्थमन्त्री सम्म लाई भेटेर सेयर बजार को विकासको लागि कुरा राख्ने  
  •  छिट्टै रिपोर्टस क्लबमा एउटा सेयर बजारको विकासमा नेप्से र सेबोन को भूमिका भन्ने विषयमा एउटा अन्तरक्रिया कार्यक्रम गर्ने योजनामा छौ ।

लगानीकर्ताका संघहरूले नेताका गएर फोटो खिच्ने काम मात्र गर्छन् भन्ने आरोप लाग्छ, यसमा के भन्नु हुन्छ ?

कसले के भन्छ भन्दा पनि नेता भेटेर के कुरा राखियो के फाइदा भयो भन्ने कुरामा ध्यान दिनु पर्छ भन्ने मेरो मान्यता छ । यो देशका निति नियम बनाउने देश हाक्ने नेताकोमा नगएर कहाँ जानू पर्छ त? अनि फोटो खिचेर मिडियामा न दिए कसरी लगानीकर्तालाई जानकारी हुन्छ त सङ्घहरूले के काम गर्दै छन् भनेर ।

देश भर तपाईँहरूको उपस्थिति देख्न पाइन्छ ?
मैले माथि नी भनिसके हामी छिट्टै सातै प्रदेश र ७७ वटै जिल्लामा पुग्दै छौ।   त्यस कारण तपाईँ ढुक्क हुनु होस यो सङ्घ को उपस्थित देशभरी हुनेछ ।
संघमा कोही आबद्ध हुन के गर्नु पर्छ ? आबद्ध भएबापत लगानीकर्ताले के के फाइदा लिन सक्छन् ?
संघमा आबद्ध हुनलाई हामीले सदस्यता आव्हान गरिसकेका छौ । अहिले सातै प्रदेशका सक्रिय लगानी कर्तासाथिहरु हाम्रो सम्पर्कमा आईसक्नु भएको छ । हाम्रो सङ्घमा सदस्य हुन हामीले एउटा फारम उपलब्ध गराएका छौ त्यो फारम भर्ने र प्रवेश शुल्क रु ५०० तिर्ने  र त्यस पछि उहाँ हाम्रो सङ्घको सदस्य बन्नु हुन्छ । उपत्यका भित्र हामीलाई भेटेर वा हाम्रो Nica को खातामा रु ५०० जम्मा गरेर भौचर हामीलाई स्कानिङ गरेर पठाए पछि देश विदेश जहाँ बाट पनि हाम्रो सङ्घको सदस्य बन्न सक्नु हुनेछ ।
  • यो सङ्घमा आबद्ध भए बापत प्रदेश र जिल्ला का साथीहरूले यही सङ्घको ब्यानरमा आ-आफ्नो स्थानमा कुनै पनि सेयर सम्बन्धी कार्यक्रम गर्न पाउनुहुन्छ । 
  • विभिन्न सेयर सचेतना कार्यक्रममा भाग लिन पाउने सेयर शिक्षा पाउने 
  • धेरै लगानी कर्ता साथीहरू सङ्घ एउटा network बनाउन पाउने मौका मिल्नेछ ।
  • सेयरमा लगानी गर्दा हल्ला र साथीको लहड भन्दा पनि आफै बुझेर लगानी गर्न सक्ने हैसियत बनाउने अवसर हुनेछ ।

अहिलेको बजारलाई कसरी हेर्नु पर्छ ?
अहिलेको बजारलाई बुलिस पछिको वियरिस अवस्थाको बजार हो भनेर हेरेको छु मैले । अब छिट्टै बजारले अर्को बुलिसको यात्रा तय गर्ने छ भन्ने कुरामा म ढुक्क छु । अहिले बजार घट्नुको दोष धेरैले अर्थमन्त्रीलाई दिएको पाइएको छ तर म त्यो कुरामा विश्वास गर्दिन । अर्थमन्त्रीले राजीनामा दिएर अर्को अर्थमन्त्री आए पनि एक दुई दिन बजार बढ्ला त्यस पछि फेरि पनि यस्तै ल्याङ ल्याङ नि हो  भन्ने मलाई लाग्छ । अहिले बजार घटाईको प्रमुख दुई कारण हुन सेयर आपूर्ति अत्याधिक  हुनु र सेयर कर्जाको ब्याजदर उच्च हुनु हो । अब ब्याजदर घट्ने  क्रम सुरु भएको छ । कम्पनीहरूले पनि चुक्ता पुँजी लगभग पुराई सकेकोले शेयरको आपूर्तिपनि रोकिने छ अनि बजारले बुलिसको यात्रा सुरु गर्ने छ ।

अब ब्याजदर घट्ने  क्रम सुरु भएको छ । कम्पनीहरूले पनि चुक्ता पुँजी लगभग पुराई सकेकोले सेयर को आपूर्ति पनि रोकिने छ अनि बजारले बुलिसको यात्रा सुरु गर्ने छ ।

तापाईहरु नेप्सेसंग  नजिक हुनुहुन्छ र आम लगानीकर्ता भन्दा सङ्घको पहुँच पनि धेरै छ। कहिले सम्म आउला  त अन्लाईन ?
हिजो मात्र हामी अन्लाईन ट्रेडिङको बारेमा के के हुँदै छ भनेर जानकारी  लिन  नेप्से प्रमुखलाई भेट्न गएका थिएम  । साउद  र नेप्सेका टेक्निसियन नायकको भनाई अनुसार “अब हामी छिट्टै अहिलेको अन्लाईन ट्रेडिङ परीक्षणमा लगानीकर्ताले आफै अडर दिन सक्ने विशेषता थप्दै  छौ र अब दुई महिना भित्रमा हामी पूर्ण अन्लाईन लगानीकर्तालाई दिन सक्छौ” । नेप्सेको प्रमुखको फेरबदलको कारण केही दिन काम ढिला हुन गएको कुरा उहाँहरूले हामी सँगको भेटमा भन्नू भएको छ । त्यस कारण उहाँहरूको कुरा सुनी सके पछि अब को दुई महिना भित्रमा अन्लाईन आउँछ भन्ने कुरामा हाम्रो सङ्घ ढुक्क छ ।
 बैङ्कलाई ब्रोकर लाइसेन्स दिने कुरामा तपाईँको भनाई के छ ?
हाम्रो धेरै अघि देखिको एउटा प्रमुख माग बैङ्कलाई ब्रोकर लाइसेन्स दिनु पर्छ भन्ने थियो जुन माग अहिलेको मौद्रिक नीतिले पूरा गरी  दिएको छ । तर अब पनि बैङ्कले ब्रोकर लाइसेन्स पाउलान् र मनाङ, मुस्ताङ, हुम्ला, जुम्लाका जनतासम्म शेयर  बजार पुग्ला भन्ने कुरामा ढुक्क भएर बस्ने अवस्था छैन । समय समयमा नियामक निकायलाई यस बारेमा झकझकाई राख्नु पर्दछ । बैङ्कलाई ब्रोकर लाइसेन्स र अन्लाईन ट्रेडिङ सुरु गरेर काठमाडौँको चक्रपथ भित्र मात्र सीमित नेपालको सेयर बजारलाई नेपाल अधिराज्यभरी र विश्वव्यापी रूपमा पुराउनु पर्छ भन्ने हाम्रो जोडदार माग रहँदै आएको छ जुन माग अब छिट्टै पूरा हुँदै छन् । बैङ्कलाई ब्रोकर लाइसेन्स दिँदा एउटा कुरामा भने विशेष ध्यान दिनु पर्ने हुन्छ । हाम्रो बजार को लगभग ८३% हिस्सा वित्तीय क्षेत्रले ओगटेको अवस्थामा बैङ्कलाई ब्रोकर लाइसेन्स दिँदा झन् बढी इनसाइडर ट्रेडिङ हुने बोकि भन्ने अंशकापनि छ । यो आशाका मेटाउन बैङ्क को सहायक  कम्पनीलाई कडा कानुन बनाएर मात्र  ब्रोकर लाइसेन्स दिने व्यवस्था गर्नु पर्छ भन्ने मेरो भनाई छ ।

 बैङ्कलाई ब्रोकर लाइसेन्स र  अन्लाईन ट्रेडिङ सुरु गरेर काठमाडौँको चक्रपथ भित्र मात्र सीमित नेपालको सेयर बजारलाई नेपाल अधिराज्य भरी र विश्वव्यापी रूपमा पुराउनु पर्छ भन्ने हाम्रो जोडदार माग रहँदै आएको छ जुन माग अब छिट्टै पूरा हुँदै छन् । 

. बजार विकास गर्न के के गर्नु पर्ला ?
बजार विकासको लागि निम्न लिखित काम नियामक निकाय देखि सरकार को पहलमा हुनु पर्दछ :
  •  अन्लाईन ट्रेडिङ तुरुन्तै आउनु पर्दछ 
  •  नियम कानुन बनाएर बैङ्क लाई ब्रोकर लाइसेन्स दिने काम को सुरुवात छिटो गर्नु पर्दछ ।
  •  बजार निर्माता को तुरुन्तै व्यवस्था गर्नु पर्छ 
  •  एन आर एन लाई नेपाल को पुँजी बजार छिटो भन्दा छिटो खुला गर्ने वातावरण बनाउनु पर्छ।  
  •  ब्रोकर कम्पनीका शाखा बिस्तार गर्नु पर्दछ।  
  •  अहिको नेप्सेमा निजीकरण गर्नु पर्छ वा नयाँ स्टक एक्सेञ्ज  ल्याउनु पर्छ।  
  •  पुँजी बजारको विकासको लागि सरकारले पाँच बर्षे योजना बनाएर अगाडि बढ्नु पर्छ ।
  •  शेयर  सचेतना वृद्धि गर्ने काम व्यापक गर्नु पर्दछ । 


अन्त्यमा के भन्न चाहनुहुन्छ ?
अन्त्यमा के भन्नू चाहन्छु भने आउनु होस हाम्रो संघमा आबद्ध भएर हातेमालो गर्दै नेपालको पुँजी बजारको विकासको लागि केही गरौँ । साथै सेयरमा लगानी गर्दा हल्लाको भरमा भन्दा पनि बजार र कम्पनीको वित्तीय अवस्थाको बारेमा आफै बुझेर लगानी गर्नुहोस् भन्ने सुझाव  १५ लाख लगानीकर्ताहरूलाई दिन चाहन्छु ।          धन्यवाद 
Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal