खुद नाफामा सामान्य वृद्धि देखिएतापनि कम्पनीको विधुत बिक्रीबाट हुने आय भने सामान्य घटेको छ। आर्थिक वर्ष ७३/७४मा विधुत विक्री बाट १ अर्ब १९ करोड आम्दानी गरेको कम्पनीले आर्थिक वर्ष ७४/७५मा सो रकम १ अर्ब १३ करोड पुगेको छ। प्रमुख आम्दानीको श्रोतमा रहेको विधुत बिक्री आय ५ प्रतिशतले घट्न पुगेको छ।कम्पनीको प्रमुख आम्दानीको श्रोत घटेपनि नाफा वृद्धि हुनुको प्रमुख कारण भनेको व्याजबाट आएको आम्दानीमा राम्रो सुधार हुनु हो। व्याज आम्दानी ३ करोड ९३ लाख बाट वृद्धि भएर ६ करोड ८२ लाख पुगेको छ।
त्यस्तै प्रशासनिक खर्चमा पनि कमी आएको छ। प्रशासनिक खर्च ७ करोड ३५ लाख बाट घटेर ४ करोड ६२ लाख पुगेको छ।












प्रतिक्रिया दिनुहोस्