Skip to content
Prabhu

रास्ट्र बैंकको तथ्यांक भन्छ ” १४ वर्ष यताकै न्यून मूल्य वृद्धि”


लगानीन्युज/काठमान्डौ : नेपाल रास्ट्र बैंकको तथ्याङ्क  अनुसार आर्थिक वर्ष ७४/७५ मा वार्षिक औसत मुद्रास्फीति ४ दशमलव २  प्रतिशतमा सिमित भएको छ।  आर्थिक वर्ष २०६१/६२ पछिको सबै भन्दा न्यून विन्दु रहेको कुरा रास्ट्र बैंकबाट उपलब्ध तथ्याङ्क बाट देखिन्छ।

आर्थिक वर्ष २०७४/७५ मा मुद्रास्फीति ७ प्रतिशत हुने प्रक्षेपण गरीएपनि मुद्रास्फीति ४ दशमलव २ प्रतिशतमा सिमित भएको पाईन्छ।  
१४ वर्षको अवधिमा आर्थिक वर्ष २०६५/६६ मा मुद्रास्फीति १२ दशमलव ६ प्रतिशत सम्म पुगेकोमा   मुद्रास्फीतिलाई ४ दशमलव २ प्रतिशतमा सिमित गर्न अहिलेको  सरकारको सफलताका रुपमा लिन सकिन्छ। 
रास्ट्र बैंकका अनुसार “आपूर्ति व्यवस्थापनमा आएको सुधार र भारतमा समेत न्यून मूल्य वृद्धि रहेको कारण  समिक्षा अवधिमा समग्र मुद्रास्फीति कम आएको छ। “
श्रोत : नेपाल रास्ट्र बैंक 
Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal