Skip to content

“बिजनेश वुमन अफ द ईयर” अवार्ड विजेता सिर्जना सुवेदीको संघर्ष र प्रतिफलको यात्रा

nabil bank


लगानी न्युज/काठमान्डौ: शनिवार राजधानीको रोयल एम्पायर बुटिकमा आयोजित “वुमन अफ द ईयर ” अवार्ड कार्यक्रममा नेपाल इन्भेस्टर्स फोरमकी सदस्य सिर्जना सुवेदीलाई “बिजनेश वुमन अफ द ईयर ” अवार्ड  प्राप्त भएको छ । १० वर्ष  देखि पुँजी बजारमा सक्रिय हुदै आएकी सिर्जना एक सफल महिला लगानीकर्ता हुन् ।

अवार्ड जितेपछि सुवेदीले सबैलाई धन्यवाद दिँदै लगानीन्युजसंग भनीन ” यो अवार्ड  जितेकोमा म निकै खुसी छु , मैले आज सम्म शेयर बजारमा गरेको दुखको प्रतिफल पाएको छु । “

उनी फेरी थप्छिन् ” मैले जितेको अवार्ड मेरो मात्र होइन सम्पूर्ण पुँजी बजारका  महिला लगानीकर्ताको लागि हो” । महिलाहरू पनि शेयर बजारबाट राम्रो पैसा कमाउन सक्छन् र धेरै भन्दा धेरै महिलाहरूलाई पुँजी बजारमा प्रवेश गर्न मेरो आजको अवार्डले सहयोग गर्ने आस गरेको छु “

अघिल्लो आर्थिक वर्ष  नेपाल इन्भेस्टर्स फोरममा सदस्य नियुक्त भएकी सिर्जना शेयर बजार विकासको लागि निरन्तर प्रयास गर्दै छिन ।

मैले जितेको अवार्ड मेरो मात्र होइन सम्पूर्ण पुँजी बजारका  महिला लगानीकर्ताको अवार्ड हो । महिलाहरू पनि शेयर बजारबाट राम्रो पैसा कमाउन सक्छन् र धेरै भन्दा धेरै महिलाहरूलाई पुँजी बजारमा प्रवेश गर्न मेरो आजको अवार्डले सहयोग गर्ने आस गरेको छु “

सिर्जना सुवेदी  सङ्घर्ष गर्दै आएकी एक नारी हुन् । “प्लस टु” देखिनै उनी आफैले पढेको स्कुलमा शिक्षकको रुपमा काम गर्थिन।  स्नातक अध्ययन गर्दा होस्टेल बस्नु परेकाले  उनले अब भने जागिर  गर्न पाईनन । स्नातकको अध्ययन पछि वैवाहिक सम्बन्धमा बाँधिएकी सुवेदी कहिले पनि आफूलाई घरायसी काम काजमा सीमित गरिनन्।

बिहे भएको करिब ६ महिनापछि उनको मनमा घरायसी काममा मात्र सीमित नभएर आफैले केही गर्ने इक्षा शक्ति पलायो।  प्रोजेक्टमा काम गर्दै गरेर छोडेकी सुवेदीले त्यसपछि भने शेयर बजारमा प्रवेश गर्ने निर्णय गरिन र आफ्नो मास्टर्सको पढाईलाई पनि निरन्तरता दिएकी सुवेदी आफ्नो जुन  क्षेत्रमा धेरै  रुची छ त्यहीमा काम गर्नु पर्ने बताउछिन।

श्रीमान बैङ्कर भएकाले उनलाई शेयर बजारबारे पहिले नै अलि अलि थाहा थियो। त्यसपछि उनी आफै शेयर बजारको अध्ययन गर्न थालिन ।  केही समयको अध्ययन पछि उनले आफू शेयर बजारमा पूर्ण रूपमा लाग्ने  निर्णय गरिन।  त्यो दिन उनको जीवनको निकै ठुलो ट्रनिंङ् पोइन्ट थियो।

 शेयर बजारको उनको यात्रा सिटिजन्स बैंकको आईपिओबाट सुरु भयो।  १ दशकअघि  सिटिजन बैङ्कको १२० कित्ता प्राथमिक सेयरमा आवेदन दिँदा उनलाई ३० कित्ता सेयर परेको थियो।  त्यसपछि खुलेका आईपिओ कुनै पनि छुटेन।  आफू मात्र नभएर आफ्नो साथी भाइ, परिवार सबैलाई आइपिओ भर्न प्रेरणा दिँदै उनको यात्रा अगाडी बढ्यो।

 आईपिओ र दोस्रो बजारमा शेयर खरिद गर्न उनलाई पैसाको अभाव देखिन थाल्यो।  उनले सो रकम आफ्नो श्रीमानबाट लिन  खोजिनन्।  बिहेमा प्राप्त सबै गहना एक एक गर्दै बेच्दै शेयर बजार लगानी गर्दै गईन।  

अवसर पाए भने महिलापनि जुन सुकै क्षेत्रमा आफूलाई सक्षम बनाउन सक्छन् भन्ने कुरा सिर्जना सुवेदीबाट  सिक्न सकिन्छ ।  उनको यो यात्रा शेयर बजारमा संलग्न हजारौँ नारीको लागि प्रेरणाको श्रोतको हुन सक्छ।
  

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime