Skip to content

१३ दिन अघि र आजको एउटा महत्त्वपूर्ण संयोग

nabil bank
लगानीन्युज /काठमान्डौ :  
नेप्से परिसूचक आज साताको तेश्रो दिन मंगलबार १२१० दशमलव २४ को विन्दुमा बन्द भएको छ।  बजार निरन्तर ४  कारोवार दिनमा सकारातमक दिशा तर्फ उन्मुख भयो।  
१३ कारोवार दिन अघि के भएको थियो ?
बजार अगस्ट १२   सम्म निरन्तर घट्दै थियो । अगस्ट १३ देखि  उकालो लाग्न थालेको बजार  लगातार ४ दिन सम्म बढ्यो अनि अगस्ट १६ पछी  बजार रोकियो । अगस्ट १६मा १२१८ सम्म पुगेको बजार सोही दिन बन्द  हुदा १२१० दशमलव ३२ को विन्दुमा बन्द भयो। त्यसपछि अर्को दिनबाट बजार निरन्तर घट्ने क्रम सुरु भयो । 

कसरी मिल्यो संयोग ?
अगस्ट १९ देखि निरन्तर जस्तो घट्न थालेको बजार अगस्ट ३० देखि मात्र फेरी बढ्न थाल्यो। निरन्तर ४ कारोवार दिन देखि  बजार वृद्धि भएको छ । निरन्तर वृद्धि हुन थालेको आज चौथो  दिन बजार १२१४ दशमलव २० को उच्च विन्दु सम्म पुगेकोमा  बन्द हुदा भने १२१० दशमलव २४ को विन्दुमा पुगेको  छ।   
अबको दिशा के ?
१३ दिन अघिको र आजको प्रवित्ति हेर्दा  १२१० को विन्दुमा एउटा अवरोध कायम नै छ । सर्वप्रथम यो क्षेत्रलाई पार गर्नु जरुरी छ । अहिले लगानीकर्ताको मनोबल केही वृद्धि भएको छ।  कम्पनीहरुले लाभास प्रस्ताव गर्ने क्रम बढ्दै छ। रोपेको बाली भित्राउने बेला के कस्तो हिसाबले बजारमा लगानीकर्ताले आफुलाई देखाउंछन भन्ने कुरा महत्तोपुर्ण छ।  पहिले जस्तै  नाफा बुक गर्ने लगानीकर्ताको समूह सिर्जना भयो भने १३ कारोवार दिन अघिकै जस्तै अहिलेको वृद्धि एउटा अर्को “बुलिश ट्रयाप ” हुने छ। कारोवार  रकम हेर्दा भने लगानीकर्ताहरु मनोबल बुस्ट भएको प्रस्ट हुन्छ।  
  

ग्राफ श्रोत : Merolagani.com(Data Analytics)

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi