Skip to content
Prabhu

“ब्रोकरको कार्यक्षेत्र विस्तार र शेयर शिक्षा कार्यक्रमले मोफसलमा शेयर बजार विस्तार हुन्छ” माधव पाण्डे

लगानीन्युज/काठमान्डौ : एमबीस अध्ययन गर्ने क्रममा काठमाडौँमा शेयरको लाइन देखेर शेयर बजार प्रवेश गरेका माधव पाण्डे काष्ठमण्डप डेभलपमेन्ट बैङ्कको प्राथमिक निष्कासनको आवेदन दिन दशरथ रङ्गशालामा निकै लामो लाइन बस्नु परेको अनुभव सुनाउँछन् । राजधानी बाहिर बुटवलमा शेयर बजार विस्तार गर्न अग्रसर पाण्डे हालै राधा पोखरेलको अध्यक्षतामा गठन भएको नेपाल पुँजी बजार लगानीकर्ता सङ्घको तर्फबाट प्रदेश नम्बर ५ को संयोजकका रूपमा चुनिएका छन्। सफल नेपाल इन्भेस्टका प्रबन्ध निर्देशक र नेपाल पुँजी बजार लगानीकर्ता सङ्घको तर्फबाट प्रदेश नम्बर ५ का संयोजक माधव पाण्डे सँग लगानीन्युज टिमले गरेको कुराकानी :
➤अरु पनि  सङ्घ सस्थाहरु हुदाँ हुदै नेपाल पुँजी बजार लगानीकर्ता सङ्घमै प्रवेश गर्नुको कारण चाहिँ के पर्‍यो ?
राम्रो प्रश्न गर्नु भयो, शेयर लगानीकर्ताको हकहितका लागि खोलिएका सङ्घ सस्थाहरु काठमाडौँमा मात्र सीमित रहेका छन् । काठमाडौँ बाहिरका लगानीकर्ताहरूलाई पुराना संघहरुले आज सम्म त्यति चासो दिएर नहेरेको अवस्थामा  नेपाल पुँजी बजार लगानीकर्ता सङ्घले देश ब्यापीरूपमा सदस्यता बिस्तार र कार्यक्रम गर्ने लक्ष्य लिएको हुँदा काठमाडौँ बाहिर निस्किएको पहिलो संघसँग सहकार्यको लागि म यो सङ्घमा प्रवेश गरेको छु । किनकि पुँजी बजार काठमान्डौमा मात्र होइन देशको कुना कुनामा पुग्नु पर्छ भन्ने मेरो मान्यता हो। मेरो मान्यता र नेपाल पुँजी बजार लगानीकर्ता सङ्घको विचार र कार्ययोजना मिलेकाले मैले यो सङ्घमा प्रवेश गरी प्रदेश नम्बर ५ को जिम्मेवारी लिएको छु। अहिले सम्म राम्रै हुँदै छ, हाम्रो सङ्घमा सदस्य बन्ने क्रम दिन दिनै  वृद्धि हुँदै छ। 
काठमाडौँ बाहिरका लगानीकर्ताहरूलाई पुराना संघहरुले आज सम्म त्यति चासो दिएर नहेरेको अवस्थामा  नेपाल पुँजी बजार लगानीकर्ता सङ्घले देश ब्यापीरूपमा सदस्यता बिस्तार र कार्यक्रम गर्ने लक्ष्य लिएको हुँदा काठमाडौँ बाहिर निस्किएको पहिलो संघसँग सहकार्यको लागि म यो सङ्घमा प्रवेश गरेको छु ।
तपाईँले बुटवल र यस वरिपरि ३ वटा तालिम आयोजना गरिसक्नु भएको रहेछ ? यसरी तालिम सेमिनार आयोजना गर्नुको कारण के हुन् सक्छ ?
हो मैले आज सम्म यो क्षेत्रमा ३ वटा तालिमहरू आयोजना गरिसकेको छु । पहिलो कार्यक्रम करिब एक वर्ष अघि “क्यापिटल प्लस” र “सफल नेपाल इन्भेस्ट”को संयुक्त आयोजनामा सम्पन्न भएको थियो । हामीले एकै दिन करिब १७० जना लगानीकर्तालाई शेयरमा साक्षर बनाउन सफल भएको महसुस गरेका थियौ। त्यस्तै  एउटा सानो शेयर अन्तरक्रिया कार्यक्रम र  केही महिना अघि मात्र “भलवारि जेसिस”को आयोजनामा अर्को एक दिने शेयर तालिम पनि आयोजना गरेको थिए । 
उपत्यका बाहिर शेयर कारोबार सुस्त छ । पछिल्लो समयमा प्राथमिक बजारमा सर्वसाधारणको चासो बढ्दो छ । शेयर बजार प्रवेश गर्न धेरै रकम पनि नचाहिने सजिलोसँग प्रवेश गर्न सकिने हुँदा छरिएर रहेको बचत लाई लगानीमा रूपान्तरण गर्न सके समस्त शेयर बजारको बिस्तार गर्न सकिन्छ भन्ने मेरो मान्यता हो।  
शेयर बजार प्रवेश गर्न चाहनेका लागि शेयर बजार सम्बन्धी तालीम गोष्ठी सेमिनार यस क्षेत्रमा आयोजना हुन नसकेको हुँदा म यस कार्यमा सक्रिय भएको छु । तालिम गोष्ठीहरूले शेयर बजार विकास विस्तारमा ठुलो योगदान गर्छ।  
बुटवलमा केही समय अघि ५ वटा ब्रोकर (RWS)एकै पटक गए , अहिलेको अवस्था के छ ?
बुटवलमा शेयर बजारको सम्भावना राम्रो र भविष्य उज्ज्वल छ। ब्रोकरका शाखा धेरै भएको शहर  मध्य बुटवल पनि पर्छ । हाल यहाँ ५ वटा ब्रोकरले आफ्ना शाखा (RWS) सञ्चालनमा ल्याएका छन् । पक्कै पनि उनीहरूले बजारको सम्भावना देखेर नै आफ्नो कार्यक्षेत्र बिस्तार गरेको हुनुपर्छ ।
एनआईबीएल एस क्यापिटलले पनि बुटवलमा आफ्नो शाखा मार्फत सेवा दिँदै आएको छ । लिलाम सेयरका लागि पनि अहिले राजधानी धाउनु पर्दैन । 
बुटवलमा ब्रोकर शाखा सञ्चालनमा आए देखिनै बजार निरन्तर रूपमा घट्दा यहाँका लगानीकर्ताले नाफाको अनुभव गर्न पाएका छैनन् तर ५ वटा ब्रोकर एकै पटक सञ्चालनमा आएका कारण यहाँबाट दोस्रो बजारमा कारोबार गर्न सरल र सहज छ । ५ वटा RWS एकै पटक आउँदा पक्कै पनि माहोल तताउन ठुलो योगदान दियो तर हामीले सोचेको अनुसार शेयर बजार विस्तार हुन अझै सकेको छैन।
शेयर बजार प्रवेश गर्न चाहनेका लागि शेयर बजार सम्बन्धी तालीम गोष्ठी सेमिनार यस क्षेत्रमा आयोजना हुन नसकेको हुँदा म यस कार्यमा सक्रिय भएको छु । तालिम गोष्ठीहरूले शेयर बजार विकास विस्तारमा ठुलो योगदान गर्छ। 
➤ राजधानी बाहिर शेयर विस्तार गर्न के गर्नु पर्ला ?
राजधानी बाहिर बजार बिस्तारका लागि पहिलो त बजारको पहुँच पुग्नु पर्‍यो सँगसङै शेयर शिक्षाका अन्तर्गत  तालिम सेमिनारहरू पनि आयोजना हुनुपर्छ  । अहिले सीमित मुख्य शहरमा मात्र ब्रोकर सुविधा छ । प्रदेश नम्बर ५ मा बुटवल र नेपालगन्जमा मात्र ब्रोकर सञ्चालनमा छन्। सम्भावना रहेका अन्य शहरमा कार्यक्षेत्र बिस्तार गरेमा बजार विस्तार हुन्छ । 
पछिल्लो समय शेयर बजारका आधारभूत पक्षका सन्दर्भमा राजधानी बाहिर केही तालिमहरू आयोजना हुन थालेका छन् । शेयर बजार सम्बन्धी तालीम गोष्ठीहरू देश व्यापी गर्न सके पनि बजार बिस्तारमा राम्रो योगदान पुग्ने मैले देखेको छु । 
समग्रमा ब्रोकरको पहुँच बिस्तार, प्रभावकारी शेयर शिक्षा कार्यक्रम  र सर्वसुलभ दरमा शेयर कर्जा प्रवाह गर्न सके पक्कैपनि राजधानी बाहिरको बजारले फड्को मार्न सक्छ । 
बिस्तारै बजार विस्तार हुँदै छ। म निराश छैन भविष्य सुनौलो नै छ। देश विकेन्द्रीकरणमा गएकोले बिस्तारै उपत्यका बाहिरको शेयर बजार विस्तार हुँदै जाने छ। 

➤ पुँजी बजारको अहिलेको अवस्थालाई कसरी हेर्नु भएको छ ?
अहिले प्रविधिमा धेरै सुधार भएको छ । प्रमाणपत्रको युग अन्त्य भएको छ। शेयर आवेदन गर्न लाइन बस्ने युग पनि करिब अन्त्य भैसकेको छ । प्रविधिको विकासले गर्दा अहिले शेयर बजारमा धेरै समय खर्च गर्नु पर्दैन । घरमा बसेर शेयरमा आवेदन दिन सकिन्छ, बोनस हकप्रद सेयर नेप्सेमा सूचीकृत हुन साथ खातामा जम्मा हुन्छ त्यो पनि घरमा बसेर नै चेक गर्न सकिन्छ । 
शेयर बजार धेरै सरल भएको र राजनीतिक स्थिरता मुलुकले पाइसकेकोले  आर्थिक बहस मुलुकमा सुरु भएको हुँदा मैले शेयर बजारको भविष्य राम्रो नै देखेको छु । अहिले बजार प्रवेश गरेर केही वर्ष धैर्य गर्न सके शेयर बजारबाट राम्रो प्रतिफल आउने सम्भावना  छ । शेयर बजार उच्च जोखिमसँगै उच्च प्रतिफलको सम्भावना भएको लगानीको एउटा क्षेत्र हो । सानो सानो बचत सङ्कलन गरेर राज्यले पुँजीबजार मार्फत ठुला ठुला पूर्वाधार निर्माण पनि गर्न सक्छ । माथिल्लो तामाकोशीको सेयर सीमित वर्गमा आव्हान गर्दापनि अर्बौंको आवेदन परेको कुराले प्रमाणित गर्छ।  राज्य पक्षलेपनि पुँजी बजारको विकासका निमित्त सकारात्मक हिसाबले अघि बढ्नु पर्छ।
Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal