Skip to content

नबिल बैंक र नेपाल इन्भेस्टमेन्ट बैंकलाई दाँजेर हेर्दा

nabil bank

लगानीन्युज/काठमान्डौ :
नेपाल इन्भेस्टमेन्ट बैंक र नबिल बैंक हालसालैको पुँजी वृद्धि योजनामा हकप्रद शेयर नदिएरनै ८ अर्ब पुँजी पुर्याउन सफल बैंक हुन्। लगानीन्युज टीमले दुई बैंक विच गरेको तुलानात्मक अध्ययन :

*२०७५ असोज १७ गते बुधवारको बजार मूल्य 
*NFRS बमोजिम गरिएको 


चुक्ता पुँजीको आधारमा 

चुक्ता पुँजी नेपाल इन्भेस्टमेन्ट बैंकको धेरै छ।  नेपाल इन्भेस्टमेन्ट बैंकको चुक्ता पुँजी १० अर्ब ६४ करोड छ भने नबिल बैंकको चुक्ता पुँजी ८ अर्ब ४ करोड छ।  
जगेडा कोषमा नेपाल इन्भेस्टमेन्ट बलियो 
नेपाल इन्भेस्टमेन्ट बैंकको जगेडा कोषमा १४ अर्ब ८५ करोड रुपैया संचित छ भने नबिल बैंकको जगेडा कोषमा १२ अर्ब ८३ करोड रुपैया संचित छ।  
निक्षेप र कर्जामा नेपाल इन्भेस्टमेन्ट बैंक अघि 
नेपाल इन्भेस्टमेन्ट बैंकले १ खर्ब ४० अर्ब निक्षेप संकलन गरी १ खर्ब २० अर्ब कर्जा प्रवाह गरेको छ भने नबिल बैंकले १ खर्ब ३५ अर्ब  निक्षेप संकलन गरी १ खर्ब १२ अर्ब कर्जा प्रवाह गरेको छ। 
आम्दानीमा नबिल राम्रो  
आर्थिक वर्ष ७४/७५ को चौथो त्रैमास सम्म नबिल बैंकले ४ अर्ब १९ करोड खुद नाफा गरेको छ भने नेपाल इन्भेस्टमेन्ट बैंकले ३ अर्ब ९६  करोड खुद नाफा गरेको छ।  
प्रति शेयर आम्दानीमा नबिल माथि 
नबिल बैंकको प्रति शेयर आम्दानी ५२ रुपैया १४  पैसा छ भने नेपाल इन्भेस्टमेन्ट बैंकको प्रति शेयर आम्दानी ३७ रुपैया २३  पैसा छ।  

किताबी मूल्य दुवैको २०० माथि 
चुक्ता पुँजी भन्दा जगेडा कोषको रकम धेरै भएकाले दुवै कम्पनीको प्रति शेयर नेटवर्थ २०० भन्दा माथि छ। 
कुन सस्तो कुन महङ्गो ?
बजार  मूल्य र प्रति शेयर आम्दानीलाई हेर्दा नबिल बैंकको मूल्य आम्दानी अनुपात १८ दशमलव ०७ गुणा छ भने नेपाल इन्भेस्टमेन्ट बैंकको मूल्य आम्दानी अनुपात १७ दशमलव १९ गुणा छ। यो मानेमा नेपाल इन्भेस्टमेन्ट बैंक सस्तो छ।  
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi