लगानीन्युज/काठमान्डौ : माथिल्लो तामाकोशी हाइड्रोपावर कम्पनीले कात्तिक १५ गतेदेखि कात्तिक १९ गतेसम्म आईपिओ खुला गरेको छ। कम्पनीले एक सय रुपैयाँ अंकित मुल्यमा एक करोड ५८ लाख ८५ हजार कित्ता शेयर निष्काशन गरेको हो ।
लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि एक हजार कित्तासम्म आवेदन गर्न सक्ने छन् ।
आईपिओमा यस अवधिमा पुरै आवेदन नपरेमा आवश्यकता अनुसार मंसिर १४ गतेसम्म आवेदन लम्बिने छ ।
धितोपत्र बोर्डबाट CASBA अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाबाट आईपिओमा आवेदन गर्न सकिने छ । मेरो शेयर प्रयोगकर्ताले पनि अनलाईबाटै आवेदन दिन सक्नेछन् ।
माथिल्लो तामाकोशी हाइड्रोपावर ४ सय ५६ मेगावाटको राष्ट्रिय गौरवको आयोजना हो।
कसले शेयर भर्न नपाउने ?
यस अघि निस्काशन गरिएको अपर तामाकोशी हाईड्रोपावरको शेयरमा आवेदन दिनुभएका दोलखा जिल्ला का स्थानिय , ऋण सम्झौता हुदाँका बखत कर्मचारी संचयकोषमा रकम जम्मा गरेका संचयकर्ता , कम्पनीलाई ऋण प्रदान गर्ने सस्थाका कर्मचारी तथा कम्पनी र नेपाल विधुत प्राधिकरणका कर्मचारीहरुले पुन यस शेयरको लागि आवेदन दिन नपाईने कम्पनीले जनाएको छ।













प्रतिक्रिया दिनुहोस्