Skip to content

पुँजी वृद्धिमा आक्रामक बन्दै मुक्तिनाथ; बोनस पछि हकप्रद पनि

nabil bank
लगानीन्युज/काठमान्डौ :मुक्तिनाथ विकास बैंकले आफ्नो वार्षिक साधारणसभाको प्रयोजनका लागि बुक क्लोज मिति तय गरेको छ। कम्पनीले आर्थिक वर्ष ७४/७५ को नाफाबाट १८ दशमलव २५ प्रतिशत बोनस शेयर र ० दशमलव ९६ प्रतिशत नगद लाभांस(कर)को प्रस्ताव साधारण सभामा लैजादै छ। 
साधारण सभा यही मंसिर २९ गते हुँदै छ भने साधारण सभा प्रयोजनाका लागि कम्पनीले यही मंसिर १८ गते देखि बुक क्लोज गर्दै छ। मंसिर १७ गते सम्म कायम शेयरधनीले प्रस्तावित लाभांस र साधारण सभामा भाग लिन पाउनेछन। 
हाल कम्पनीको पुँजी २ अर्ब ५९ करोड छ, प्रस्तावित बोनस शेयर पश्चात कम्पनीको पुँजी ३ अर्ब ६ करोड पुग्ने छ। त्यस्तै कम्पनीले बोनस शेयर पश्चात कायम रहेको पुँजीको २० प्रतिशत हकप्रद शेयर निस्काशन गर्ने प्रस्ताव साधारण सभामा लैजादै छ।  उक्त २० प्रतिशत हकप्रद शेयर पश्चात कम्पनीको पुँजी ३ अर्ब ६७  करोड पुग्ने छ। 
कम्पनीले मर्ज र प्राप्तिको लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव  पनि साधारण सभामा लैजादै छ ।  
रास्ट्र बैंकले रास्ट्रिय स्तरका विकास बैंकको चुक्ता पुँजी २ अर्ब ५० करोड तोके पनि मुक्तिनाथ विकास बैंक भने आफ्नो पुँजी निरन्तर वृद्धि गर्दै आएको छ।  बैंकले आर्थिक वर्ष ७४/७५ मा न्युनतम चुक्ता पुँजी पुगे पश्चात पनि बोनस शेयर प्रस्ताव गरेकोमा फेरी बोनस शेयर पश्चात कायम पुँजीको २० प्रतिशत हकप्रद शेयर बिक्री गर्ने  प्रस्ताव गरेको छ।  यसबाट मुक्तिनाथ विकास बैंक आक्रामक हिसाबमा प्रस्तुत हुँदै गएको प्रस्ट देखिन्छ। 
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi