Skip to content

दोश्रो बजार सामान्य बढ्यो, कारोवार रकम भने घट्यो

nabil bank



लगानीन्युज/काठमान्डौ: आज साताको तेस्रो दिन नेप्से परिसुचक १ दशमलव ६१ अंकले बढेर ११६१ दशमलव ४३ को विन्दुमा पुगेको छ। परिसुचक आज ०  दशमलव १४ प्रतिशतले बढेको छ। आज दिन भरमा २३  करोड १६ लाख बराबरको शेयर किनबेच भएको छ। कारोवार रकम भने घटेको छ। 

आज बजार ११६०  दशमलव २८  को विन्दुमा खुलेको बजार ११६७ दशमलव १७  अंक को उच्च बिन्दु सम्म पुगेको थियो। बजारको आजको न्यून विन्दु ११५९ दशमलव ७५  रहेकोमा बजार त्यो भन्दा माथि ११६१  दशमलव ४३  को विन्दुमा बन्द भएको छ। 

आज सबै भन्दा धेरै एनएमबि बैंक लिमिटेडको शेयर किनबेच भयो। बैंकको १ करोड ९४  लाख बराबरको शेयर किनबेच भयो। सूर्याेदय लघुवित्त कम्पनी मूल्य सबै भन्दा धेरै ८ दशमलव ३७  प्रतिशतले वृद्धि भयो भने एनएल जी इन्स्योरेन्सको  शेयर मुल्य सर्वाधिक ३ दशमलव ९२  प्रतिशतले घटेको छ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi