Skip to content
Prabhu

एभरेस्ट बैंकमा कर्मचारीको आवश्यकता

nabil

लगानीन्युज /काठमान्डौ :नेपाल राज्यभर शाखा भएको, अग्रणी वाणिज्य बैंक एभरेष्ट बैंक लिमिटेडले योग्य, स्वस्फुर्त तथा स्वउत्तप्रेरित नेपाली नागरिकलाई उपत्यका बाहिर रहेका विभिन्न शाखाहरुमा कनिष्ठ सहायक (Junior Assistant) पदको लागि पदपूर्ति गरिन लागेको हुँदा निम्न योग्यताहरु भएका उम्मेदवारहरुको दरखास्तको आवह्न गरिन्छ ।

योग्यता:
मान्यताप्राप्त विश्वविधालयबाट स्नातक तहमा कम्तिमा ४५ प्रतिशत प्राप्ताङ्ग वा २ ऋन्एब् प्राप्त गरेका हुनु पर्नेछ । साथै एम.वि.ए./सि.ए. परिक्षामा उत्तिर्ण वा वाणिज्य शंकायमा स्नातक गरेका उम्मेदवारहरुलाई प्राथमिकता दिईनेछ ।

उमेर: ३० डिसेम्बर २०१८ सम्ममा २८ वर्ष ननाघेको हुनु पर्नेछ ।
कम्प्युटरमा काम गर्ने अनुभव भएको हुनु पर्नेछ ।
नेपाली र अंग्रेजी दुवै भाषामा दखल भएको हुनु पर्नेछ ।
बैंकको शाखा रहेको स्थानका स्थानिय उम्मेदवारहरुलाई ग्राहयता दिइनेछ ।

छनौट गरिएका उम्मेदवारहरुलाई ६ महिनाको परिक्षणकाल सहित नियुक्ति दिनेछ र परिक्षणकालमा निजले गरेको सन्तोषजनक कामको आधारमा नियमित कर्मचारीको रुपमा नियुक्ति दिईनेछ । छनौट भएका उम्मेदवारहरुलाई मासिक तलब कम्तिमा रु. २३,०००/- उपलब्ध गराइनेछ र नियमित भएका कर्मचारीहरुलाई मासिक तलब कम्तिमा रु. ३३,०००/- दिईनेछ ।

सूचना अनुसार आवेदन गर्ने उम्मेदवारहरु मध्ये छनौट भएका उम्मेदवारहरुलाई मात्र लिखित तथा अन्तर्वातामा बोलाईनेछ ।

आवेदकहरुको संख्या हेरी काठमाण्डौं लगायत विराटनगर, नेपालगञ्जमा समेत लिखित परिक्षाको लागि परिक्षाकेन्द्र तोकिनेछ । तसर्थ, आवेदकहरुले परिक्षा दिन चाहेको परिक्षाकेन्द्र समेत उल्लेख गर्नु पर्नेछ ।

आवेदकहरुको आवेदन स्वीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार बैंकसंग सुरक्षित रहनेछ र आवेदन अस्वीकृत भएको कारण खुलाउन बैंक बाध्य हुने छैन । उम्मेदवारहरुले नियुत्ति प्रकृयाको क्रममा कुनै प्रभाव पारेमा उक्त उम्मेदवारी स्वतः खारेज हुनेछ। 


*नोट : मेरो जब बाट साभार 
Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal