Skip to content

बुटवल उप-महानगरपालिकामा पहिलो पटक पत्रकारलाई लक्षित शेयर तालिम सम्पन्न

nabil bank
लगानीन्युज/बुटवल: सफल नेपाल इन्भेस्टमेन्ट कम्पनीको आयोजनामा बुटवल उपमहानगरपालिकामा पहिलो पटक प्रदेश नम्बर ५ का पत्रकारहरुलाई लक्षित एक दिने शेयर तालिम आयोजना भएको छ। तालिममा स्थानीय तीन  दर्जन पत्रकारहरुको सहभागिता थियो।  
तालिम संयोजक स्वस्ती श्रेष्ठ र सूर्य पाण्डेले कार्यक्रम आयोजनामा सहयोग गर्नु भयो भने कार्यक्रमका प्रमुख अतिथि भरत केसीले आयोजकलाई धन्यवाद ज्ञापन गर्नु भयो। 
आयोजक सफल नेपाल इन्भेस्टमेन्टका अध्यक्ष कमल तिवारीका अनुसार प्रदेश नम्बर ५ मा शेयर बजार विकास र  विस्तार गर्न आफुहरु लागिपरेको र यसले पक्कै पनि शेयर बजार सम्बन्धी जनचेतना वृद्धि गर्न मदत पुग्ने छ। 
आयोजक सस्था सफल नेपालका प्रबन्ध निर्देशक माधव पाण्डे र संचालक गोपी राज भुषालका अनुसार सफल नेपालले निकट भविष्यमा एक दिने वृहत अन्तरक्रिया कार्यक्रम गर्ने जानकारी दिनु भयो।  
उपत्यका बाहिर  पनि शेयर बजार प्रति चासो दिने क्रम वृद्धि हुँदै छ। पत्रकार महासंघको हलमा आयोजना भएको कार्यक्रममा सन्तोष राज बजगाईले ट्रेनरको भूमिका निर्वाह गर्नु भएको थियो।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime