Skip to content
Prabhu

शेयर बजारमा आफुलाई किन्न मन पर्ने शेयरहरुको सुची(वाचलिस्ट) कसरी तयार गर्ने ?

                                                           

                                                                     – सुदर्शन कडरिया 



उपलब्ध वित्तिय उपकरणहरु: 
http:।।www.nepalstock.com/Company मा हाल २१३ विभिन्न बित्तिय-उपकरहरुको लिस्ट उपलब्ध छ । जानकारीको लागि https://www.merrilledge.com/, अमेरिकाको शेयर ब्रोकरले ८३२० विभिन्न बित्तिय उपकरणहरुको लिस्ट देखाउछ । यो सम्पूर्ण लिस्टबाट हामीलाई किन्नका लागी चाहिने १०, १५, ३०, वा ४० को संख्यामा कसरि ल्याउने भन्ने विषयमा केहि जानकारीको प्रयाश गरौँ । 

शेयरको मूल्य: 


पहिलो कुरा आफुले कुन मूल्य समुहको शेयरहरुमा लगानी गर्ने हो भन्ने कुराको निर्यण गर्नु पर्दछ । थोरै मूल्य भएका शेयर किन्ने? कि, बढी मूल्य भएका शेयर मात्र किन्ने? वा दुवै मिसाएर किन्ने भन्ने कुराको टुंगो लगाउनु पर्दछ । 

क्राइटेरिया १ – अघिल्लो त्रैमशिक वित्तिय विवरणको इ.पी.एस: 


अघिल्लो त्रैमशिक विवरणमा नाफामा रहेका (पोजेटिभ इपिएस) कम्पनीहरुको शेयरहरुलाई मात्र आफ्नो किन्ने सुचीमा राख्न सकिन्छ  । उदाहरणको लागि, यो प्रक्रिया अपनाउदा अमेरिकाका ८३२० शेयर संख्याबाट २४९५ शेयर संख्यामा घटेको पाइन्छ । 

क्राइटेरिया २ – ऋण संग पुंजीको अनुपात: 


ब्यापक ऋणमा रहेका कम्पनीहरुमा लागनी गर्दा कम्पनीले कमाएको नाफाबाट ऋणको सावा र ब्याज तिर्दै जानु पर्ने भएकोले शेयरधनीलाई प्रतिफलको रुपमा आउने रकममा कमि आउछ साथै अलिक असहज व्यवशायिक वातावरणमा यस्ता कम्पनीहरु बन्द हुन सक्ने सम्भावना हुने भएकोले लगानीकर्ताले कति सम्म ऋणमा भएका कम्पनीको शेयरमा लगानी गर्ने भन्ने कुरा तय गर्नु पर्दछ । जस्तै, उदाहरणमा रहेको २४९५ शेयर संख्यामा यो क्राइटेरिया, ६५% ऋण-इक्विटि अनुपात थप गर्दा कम्पनिहरुको संख्या घटेर ११४० मा आएको पाइन्छ । 
क्राइटेरिया ३ – अघिल्लो बर्षको वित्तिय विवरणको इ.पी.एस: 

बार्षिक इपिएस हेर्दा नाफामा रहेका कम्पनीमा मात्र लगानी गर्दा आफ्नो लगानी बजारको उतार – चढावबाट धेरै मात्रामा नराम्रो असरबाट प्रभावित नहुने गर्दछ । उदाहरणमा, ११४० कम्पनीको संख्यामा वार्षिक इपिएस क्राइटेरिया थप गर्दा १०५० कम्पनीहरु मात्र छनौट भएको देखिन्छ । 

क्राइटेरिया ४ – लाभाम्श वितरण गर्ने कम्पनि: 


यदि आफ्नो लगानीमा केहि मात्रामा नगद प्रतिफलको पनि व्यवस्था गर्ने हो भने यसले आफुलाई नगदको आवस्यकतामा परिपूर्ति तथा पुनः लगानी गर्नको लागि रकम ब्यबस्थापनमा मद्त गर्दछ । माथिका प्रक्रियाबाट छनौट भएका १०५० कम्पनिहरुमा लाभाम्शको क्राइटेरिया थप गर्दा यो संख्या घटेर ६३५ मा आउछ । 

क्राइटेरिया ५ – कम्पनीको जारी शेयर संख्या:


साधारणतया, धेरै शेयर संख्या भएका कम्पनीहरुको शेयर बजारमा दैनिक कारोबारमा पनि धेरै संख्यामा नै शेयरको किनबेच हुन्छ । दैनिक शेयर कारोबार भोल्युमलाइ नितान्त संख्यामा मात्र हेर्न भन्दा पनि – जस्तै, आज बिओकेको ५० लाख कित्ता कारोबार भयो भनेर हेर्नु भन्दा पनि रिलेटिभ भोल्युम (आज करोबार भएको संख्या । जारी शेयर संख्या) को आधारमा हेर्दा साँचै भोल्युममा कारोबार भएका कम्पनिहरु बारे जानकारी लिएर लगानीले निर्यण गर्न सहज हुन्छ । धेरै जारि शेयर संख्या भएका कम्पनिहरुको शेयर मूल्यमा कम उतार-चढाव हुने गर्दछ भने थोरै जारी शेयर संख्या भएका कम्पनीहरुको शेयर मूल्यमा छोटो समयमा पनि धेरै तल-माथि हुने गर्दछ जुन कुरा छोटो समयका लागि लगानी गरि बजारमा ट्रेडिङ्ग बाट पैसा कमाउनेहरुका लागि उपयोगी हुन्छ । उदाहरणमा १ बिलियन सम्म शेयर संख्या हुने कम्पनिहरु मात्र हेर्दा सुचिमा कम्पनीको संख्या ६३५ बाट घटेर ५९४ मा आएको पाइयो । 

क्राइटेरिया ६ – आफ्नै शेयर छान्ने नियम १: 


अघिल्लो त्रैमशिक वित्तिय विवरणको इ.पी.एस. को आधारमा आगामी एक बर्षको इ.पी.एस. अनुमान गरि १० मूल्य – आम्दानीको अनुपातमा ल्याउदा माथिको सुचिमा ९४ कम्पनिहरु मात्र पर्न आएको पाइन्छ । 

क्राइटेरिया ७ – आफ्नै शेयर छान्ने नियम २: 


यसरि प्राप्त ९४ कम्पनिहरुलाई अघिल्लो बर्षको इपीयस को आधारमा १० मूल्य – आम्दानीको आनुपातमा ल्याउदा ३८ कम्पनिहरु मात्र अन्तिम सुचीमा पर्न सफल भए । अब, ३८ कम्पनिहरुको बित्तिय विवरणहरु, प्रगति, ब्यबस्थापन, ब्यापारको किसिम, भविष्यको सम्भावना, आदिको एक-एक अध्ययन गरि आफुले लगानीको निर्यण गर्न सकिन्छ । 
यसरि, विभिन्न हिसाबले आ-आफुलाई मिल्ने क्राइटेरियाहरुका आधारमा लगानीकर्ताहरुले आ-आफ्नो शेयर किन्नको लागि बनाउने सुची वा (वाचलिस्ट) तयार पार्न सकिन्छ ।

लेखक कडरिया शेयर बजारको अनुसन्धानकर्ता हुन् तथा त्रिभुवन विश्वविद्यालयअन्तर्गत एम.फिल. व्यवस्थापन संकायका स्वर्ण पदक (सन् २०१२ का) विजेता पनि हुन् । यससम्बन्धी सुझाव तथा अन्य जानकारीका लागि [email protected] मा सम्पर्क गर्न सकिन्छ ।


Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal