Skip to content
Prabhu

ग्रेड ५ रेटिङ्ग पाएको घलेम्दी हाइड्रोको आईपिओ आज बाट


लगानीन्युज/काठमान्डौ: घलेम्दी हाइड्रोले पुष १९ गतेदेखि आईपिओ निष्काशन गर्ने भएको छ । एक सय रुपैयाँ अंकित मुल्यमा हाइड्रोले सर्वसाधारणलाई १५ लाख ३३ हजार ७७० कित्ता आईपिओ निष्काशन गर्न लागेको हो । हाइड्रोको आईपिओमा न्युनतम ५० कित्ता आवेदन दिन सकिने छ। आवेदन दिने अन्तिम समय पुस २३ गते र सो समयमा पनि पूर्ण आवेदन नपरेमा ढिलोमा माघ १८ गते सम्म आवेदन दिन सकिने छ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा भिवोर क्यापिटल लिमिटेड रहेको छ। कम्पनीले आईपिओ ग्रेड ५ रेटिंग प्राप्त गरेको छ । कम्पनीको आधारभुत अवस्था अत्यन्त कमजोर रहेको देखाउंछ ।सी-आस्वा सेवा संचालनको अनुमति पाएका बैंक तथा बित्तीय संस्था र तिनका शाखाबाट आइपीओका लागि आवेदन दिन सकिनेछ ।


Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal