Skip to content

नेप्से सूचकमा दोहोरो अंकको वृद्धि : लगानीकर्ता हर्सित

nabil bank

अर्जुन तिमल्सिना /काठमान्डू : सोमबार नेप्से परिसुचकमा दोहोरो अङ्कको वृद्धि भएको छ। आज नेप्से सूचकमा १४.२८ अंकको वृद्धि भएको छ। १४.२८ अंकको वृद्धि संगै नेप्से सूचक ११४२.९३ अंकमा आइपुगेको छ। कारोबार रकममा समेत उल्लेखनीय सुधार आएको छ। सोमबार नेप्सेमा १७१ वोटा कम्पनीको ४० करोड २८ लाख ४० हजार रुपैयाँको  कारोबार भएको छ। आज नेपाल स्टक एक्सचेन्जमा १३ लाख ४७ हजार ४८ कित्ता सेयर किनबेच भएको छ र जम्मा ६ हजार ७ सय ५३ पटक कारोबार भएको छ।

कारोबार रकमका आधारमा नेपाल लाइफ इन्सुुरेन्स अग्रस्थानमा रहेको छ । यस कम्पनीको २ करोड ८९ लाख बराबरको सेयर कारोबार भएको छ। त्यस्तै दोस्रो स्थानमा एनआइसी एशिया बैँक रहेको छ । यस्को २ करोड २१ लाख बराबरको कारोबार भएको छ । त्यस्तै कारोबार रकमका आधारमा तेस्रो प्रभु बैंक, चौँथो एनसीसी बैंक र पाचौँमा अप्पर तामाकोसीको सेयर रहेको छ । 

सबैभन्दा बढी कमाउनेमा भने न्गादी ग्रुप पावर कम्पनीका सेयर धनी रहेका छन् । यस बैंकका सेयरधनीले ८  दशमलव ७७  प्रतिशतले कमाएका छन् । त्यस्तै दोस्रोमा सबैभन्दा कढी कमाउनेमा कन्चन डेव्लपमेन्ट  बैंकका सेयर धनी रहेका छन् । यस कम्पनीका सेयर धनीले ७ दशमलव ८४ प्रतिशले कमाएका छन् । त्यस्तै सबैभन्दा बढी कमाउनेको सुचिमा तस्रोमा नेसनल हाइड्रपावर, चौँथोमा निर्धनउत्थान बैंक र पाचौमा अपि पावरका सेयरधनी रहेका छन् ।

सबैभन्दा बढी गुुमाउनेमा भने सेन्ट्रल फाइनान्स कम्पनीका सेयरधनीहरु रहेका छन् । यस बैंकका सेयरधनीले ३  दशमलव ६६  प्रतिशतले गुमाएका छन् । त्यस्तै दोस्रोमा सबैभन्दा बढी गुुमाउनेमा सपोर्ट माइक्रोफ़ाइनान्सका सेयरधनी रहेका छन् । यस कम्पनीका सेयरधनीले ३ दशमलव ४३ प्रतिशले गुमाएका छन् ।त्यस्तै सबैभन्दा बढी गुमाउनेको सुचिमा तस्रोमा हाथवे फ़ाइनान्स, चौँथोमा बरुण हाइड्रेपावर कम्पनी, र पाँचौँमा  उन्नति माइक्रोफ़ाइनान्सका सेयरधनी  रहेका छन् । 
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi