Skip to content
Prabhu

हिमालयन रि इन्स्योरेन्सको आइपीओमा ११ लाखको आवेदन

काठमाडौं । हिमालय रि इन्स्योरेन्सले जारी गरेको प्राथमिक सेयर निष्कासन(आइपीओ)मा शनिबारसम्म ११ लाख ५६ हजार ४३४ जनाले आवेदन दिएका छन् । 
सिडिएस एण्ड क्लियरिङका अनुसार शनिबार ५ बजेसम्म चार अर्ब ३० करोड रुपैयाँको लागि सेयर आवेदन परेको छ । 
हिमालयन रि इन्स्योरेन्सले सर्वसाधारणलाई दुई करोड ४९ लाख कित्ता सेयर निष्कासन गरेको थियो ।
प्रति कित्ता एक सय रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थप गरेर हिमालयनले सर्वसाधारणलाई ३ करोड कित्ता सेयर जारी गर्ने अनुमति पाएको थियो ।
कर्मचारी,वैदेशिक रोजगारीमा गएका र सामूहिक लगानी कोषलाई आरक्षण दिएपछि दुई ४९ लाख कित्ता सेयर बिक्री खुल्ला गरेको हो । आइतबारसम्म हिमालयनको रिको आइपीओमा आवेदन दिन पाइने छ । 
शनिबारसम्म माग अनुसारको आवेदन परेको छैन । 
Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal