Skip to content
Prabhu

६० खर्ब नाघ्यो बैंक तथा वित्तीय संस्थाको निक्षेप, ६ खर्ब कर्जा दिने मिल्ने

काठमाडौं । बैंक तथा वित्तीय संस्थाको निक्षेप ६० खर्ब नाघेको छ । नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाको निक्षेप ६० खर्ब ३ अर्ब रुपैयाँ पुगेको हो । 
बैंक तथा वित्तीय संस्थाले ४९ खर्ब ९२ अर्ब रुपैयाँ कर्जा दिएका छन् । 
वाणिज्य बैंकको निक्षेप ५३ खर्ब १३ अर्ब रहेको छ । विकास बैंक र फाइनान्स कम्पनीको ६ खर्ब ९१ अर्ब रहेको छ ।
 वाणिज्य बैंकले ४४ खर्ब १७ अर्ब रुपैयाँ कर्जा दिएका छन् । विकास बैंक र फाइनान्स कम्पनीले ५ खर्ब ७५ अर्ब रुपैयाँ कर्जा दिएका छन् । 
राष्ट्र बैंकका अनुसार अहिले ८० प्रतिशत कर्जा निक्षेप अनुपात(सिडी रेसियो) रहेको छ । अहिलेको निक्षेपको आधारमा बैंक तथा वित्तीय संस्थासँग ६ खर्ब रुपैयाँ कर्जा दिने रकम छ । 
बैंक तथा वित्तीय संस्थामा पर्याप्त तरलता हुँदै गएपछि ब्याजदर घट्दो क्रममा रहेको छ । 
Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal