Skip to content
Prabhu

टिभिएस आईक्युब एक्सचेन्ज एक्ट्राभगान्जा आजबाट पोखरामा सुरु

पोखरा ।  टिभिएसको लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले आजबाट पोखरामा न्यूरोडस्थित सिटी स्क्वायर ब्याङ्केटमा टिभिएस आईक्युब एक्सचेन्ज एक्ट्राभगान्जा सञ्चालन गर्दैछ ।

यस एक्सचेन्ज एक्ट्राभगान्जामा ग्राहकहरुले कुनै पनि बाइक अथवा स्कुटरसँग आईक्युब एक्सचेन्ज गर्दा २५ हजार  सम्मको थप भ्यालुएसन पाउन सक्नुका साथै जिरो प्रतिशत ब्याजमा टिभिएस आईक्युब खरिद पनि गर्न सक्ने कम्पनीले जनाएको छ ।

 त्यसैगरि जम्मा १ लाख ७ हजारको डाउनपेमेन्टमा नै टिभिएस आईक्युब खरिद गर्न सकिने पनि कम्पनीले जानकारी दिएको छ । साथै यस एक्सचेन्ज क्याम्पमा ग्राहकहरुले फ्रि एक्सेसोरिज र फ्रि राइडको मजा पनि लिन सक्नेछन् ।

टिभिएसले नेपालमा आफ्नो पहिलो इलेक्ट्रिक स्कुटर आईक्युब नाडा अटो शोमा लन्च गरेको थियो । यो एक्सचेन्ज एक्ट्राभगान्जा पुस २ गतेदेखि पुस ६ गतेसम्म टिभिएसको पोखराको लागि आधिकारिक डिलर बतास ब्रदर्श प्रालिले सञ्चालन गर्दैछ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal