Skip to content
Prabhu

सेयर बजारमा करिब ७ अर्बको कारोबार, ब्याजदर घट्दा लगानीकर्ता उत्साहित

काठमाडौं । सेयर बजारमा करिब ७ अर्बको कारोबार भएको छ । 

सोमबार नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा ६ अर्ब ८६ करोड रुपैयाँको सेयर कारोबार भएको छ । 

नेप्से परिसूचक ३८.१४ अंकले बढेर २०६० बिन्दुमा पुगेको छ । 

बैंक तथा वित्तीय संस्थाले निक्षेपको ब्याजदर घटाएसँगै यसको प्रभाव सेयर बजारमा परेको हो । 

महंगो ब्याजदरको कारण समस्यामा रहेका लगानीकर्तालाई घट्दो ब्याजदरले राहत दिएको छ । 

पछिल्लो समय सेयर बजार निकै तल आएको ब्याजदर समेत ओरालो लाग्ने क्रममा रहेको हुँदा यसको सकारात्मक प्रभाव बजारमा परेको हो । 

राष्ट्र बैंकले समेत मौद्रिक नीतिको त्रैमासिक समीक्षामा ब्याजदर घटाउने नीति लिएको छ । 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal