Skip to content
Prabhu

नेप्स, सिटीटेक, र माछापुच्छ्रे बैंकद्वारा एकीकृत व्यापारी व्यवस्थापन प्रणाली संचालन गर्ने

काठमाडौं । नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिष्टम्स लिमिटेड (नेप्स), सिटीटेक, र माछापुच्छ्रे बैंकबीच एकीकृत व्यापारी व्यवस्थापन प्रणाली  (गेट पे) संचालन गर्नको निमित्त त्रिपक्षीय सम्झौता गरेका छन् ।

 नेप्स र सिटीटेक को सहकार्यमा विकास गरिएको गेट पे नामक एमएमएसले संचालनमा आईसकेपछी हाल छरिएर रहेका विभिन्न भुक्तानी उपकरण र संजालहरुलाई बैंक र व्यापारीहरुले एकीकृत रुपमा व्यवस्थापन गर्न सक्नेछन ।

यसले बैंक तथा व्यापारीहरुको हाल भुक्तानी उपकरण तथा संजालसँग अलग अलग रजिष्ट्रेशन तथा व्यवस्थापन गर्नुपर्ने प्रक्रियालाई सरलीकृत गर्दै एकै प्लेटफर्म मार्फत सो कार्य गर्ने क्षमता प्रदान गर्नेछ ।

साथै, यसले व्यापारीहरु र बैंकहरुलाई सशक्तिकरण तर्फ डोर्याउने विश्वास पनि तिनै संस्थाले लिएका छन् । प्रचलनमा आईरहेका सबै भुक्तानी उपकरणहरु तथा संजालहरुलाई समेटी एकै प्रणालीबाट बैंक तथा व्यापारीहरुलाई सेवा लिनरदिन सहज हुने, कारोबारी र कारोबारसँग सम्बन्धित महत्वपुर्ण डाटाहरुको पहुँच र नियन्त्रण बैंक तथा व्यापारीहरुमा पुग्ने, पटक पटक व्यापारीको रजिस्ट्रेशन र व्यवस्थापन गर्नुपर्ने हालको झन्झटिलो प्रक्रियाको निदान हुने, र व्यापारीहरुलाई बैंकहरुले अझ परिष्कृत सेवाहरु प्रदान गर्न सहज हुने लगायतका विशेषता गेट पे मा रहेका छन् । 

सम्झौता गरिसकेपछि, तिनै पक्षले सकेसम्म चाँडो यसलाई प्रयोगमा ल्याउने र नेपाली भुक्तानी जगतमा नया आयामको रुपमा थपिने दाबी गरेका छन् ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal