काठमाडौं । माछापुच्छ्रे बैंकको सञ्चालक समितिले सन्तोष कोइरालालाई प्रमुख कार्यकारी अधिकृतमा अर्को कार्यकालको लागि निरन्रता दिने निर्णय गरेको छ ।
बैंकको सञ्चालक समितिको बैठकले अहिलेका प्रमुख कार्यकारी अधिकृत कोइरालालाई थप एक कार्यकाल दिने निर्णय गरेको हो ।
कोइरालासँग दुई दशकभन्दा बढीको बैंकिङ अनुभव रहेको छ ।
कोइराला नेपाल बैंकर्स संघमा अहिले उपाध्यक्ष छन् ।
प्रतिक्रिया दिनुहोस्