Skip to content
Prabhu

सुनको मुल्यमा बृद्धि, फेडको ब्याजदर कटौती गर्ने संकेतको प्रभाव

काठमाडौं । यो साता विश्व बजारमा सुनको मुल्य बढेको छ । 

अमेरिकी रिजर्भ बैंक फेडले ब्याजदर कटौती गर्ने नीति लिएसँगै बढेको सुनको मुल्यमा विभिन्न मुलुकमा जारी द्धन्दले थप प्रभाव पारेको विश्लेषकहरूले बताएका छन् । 

उनीहरूले अँग्रेजी नयाँ वर्षमा सुनको मुल्यले रेकर्ड कायम गर्न सक्ने आँकलन समेत गरेका छन् ।
नेपाली बजारमा पनि यो साता सुनको मुल्य बढ्यो । साताको पहिलो दिन आइतबार प्रति १० ग्राम १ लाख ९ सय ९५ रुपैयाँ रहेको सुनको मुल्य साताको पछिल्लो कारोबार भएको दिन शुक्रवार बढेर १ लाख २ हजार ७ सय १० कायम भयो ।
 जुन साताको पहिलो दिनको तुलनामा अन्तिम दिन प्रति १० ग्राम १ हजार ७ सय १५ रुपैयाँले बढी हो ।
  यो साता नेपाली बजारमा चाँदीको मुल्य पनि बढेको छ । साताको पहिलो दिन आइतबार १ हजार २ सय ४७ रुपैयाँ ५० पैसामा कारोबार भएको चाँदीको मुल्य साताको अन्तिम कारोबार भएको दिन शुक्रवार प्रति १० ग्राम १ हजार २ सय ७३ रुपैयाँ कायम भयो । 
Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal