Skip to content
Prabhu

प्राधिकरणले उद्योगमा विजुली काटेपछि विरोधमा निजी क्षेत्र एकजुट, सरकारलाई उद्योगको चाबी बुझाउने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले ट्रंक लाइन र डेडिकेटेड लाइनको बक्यौता रकम नतिरेको भन्दै शुक्रबार ठूला चारवटा उद्योगको विजुली काटेपछि निजी क्षेत्र एकजुट भएर प्राधिकरणको विरोधमा उत्रने भएको छ । 

शनिबार नेपाल उद्योग वाणिज्य महासंघले ठूला उद्योगमा विजुली काटेपछि आपतकालिन बैठक बोलाएको थियो । बैठकले निजी क्षेत्रका अन्य संस्था नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शसँग सहकार्य गरेर प्राधिकरणको गलत नीतिको शसक्त विरोध गर्ने जनाएको छ । 

प्राधिकरणले शुक्रबार जगदम्बा स्टील,रिलायन्स स्पिनिङ मिल,अर्घाखाँची सिमेन्टको विजुली लाइन काटेको थियो । जरिवाना र ब्याज सहित एक अर्बभन्दा बढी बक्यौता रहेको भन्दै प्राधिकरणले उद्योगहरुको विजुली काटेको हो । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ऊर्जामन्त्रालयका अधिकारीहरुसँग भएको भेटमा बक्यौता रकम नबुझाउने उद्योगबाट महशुल तिराउन र नभए विजुली काट्न निर्देशन दिएका थिए । उद्योगीहरुसँग भेटमा समस्या समाधान गर्ने आश्वासन दिएका प्रधानमन्त्रीले लाइन काट्न निर्देशन दिएपछि प्राधिकरणले उद्योगमा उपलब्ध गराएको विजुली काटेको हो । 

प्राधिकरण र उद्योगीबीच महशुलको विषयमा विवाद रहेको छ । 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal