काठमाडौं । वैदेशिक रोजगारीमा दक्षिण कोरिया जानको लागि एक लाख ४३ हजारले जनाले कोरियन भाषा परीक्षा(इपीएस)को लागि आवेदन दिएका छन् ।
तोकिएको समय शुक्रबार रातीसम्म एक लाख ४३ हजार ८१२ जनाले भाषा परीक्षामा सहभागिता जनाउन आवेदन दिएको एपीएस शाखाले जनाएको छ ।
पुस २ गते इपीएसको लागि आवेदन खुलेको हो ।
आकर्षक कमाइ हुने दक्षिण कोरियामा वैदेशिक रोजगारीमा जानको लागि सबैभन्दा पहिला भाषा परीक्षा पास गर्नुपर्ने हुन्छ । यो पटकको परीक्षाको मिति भने अहिलेसम्म तोकिएको छैन ।
प्रतिक्रिया दिनुहोस्