Skip to content
Prabhu

सर्वोत्तम सिमेन्ट र लक्ष्मी स्टीलको लाइन प्राधिकरणले काट्यो

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले सर्वोत्तम सिमेन्ट र लक्ष्मी स्टीलको लाइन काटेको छ । प्राधिकरणले आइतबार सर्वोत्तम सिमेन्ट र लक्ष्मी स्टीलले ट्रंक लाइन अन्तर्गत महशुल नबुझाएको भन्दै विजुलीको लाइन काटेको हो । 

शुक्रबार प्राधिकरणले जगदम्बा स्टील, रिलायन्स सिमेन्ट, घोराही सिमेन्ट  र अर्घाखाँची सिमेन्ट उद्योगको लाइन काटेको थियो ।

सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ प्रणालीबाट सर्वसाधारणलाई सेयर जारी गर्न लागेको छ । 

 प्राधिकरणका अनुसार सर्वोत्तम सिमेन्टले ८३ करोड र  लक्ष्मी स्टिलले ६२ करोड बक्यौता तिर्न बाँकी रहेको छ । 

प्राधिकरणले प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’को निर्देशनमा बक्यौता रहेका उद्योगको लाइन काटेको हो । उद्योगी र प्राधिकरणबीच पछिल्लो पाँचवर्षदेखि टं्रक र डेडिकेटेड लाइनको विजुलीको बक्यौता रकमको विवाद रहेको छ ।

 उद्योगीहरुले प्राधिकरणले एकलौटी रुपले तिर्न नपर्ने महशुल लगाएको दाबी गरेका छन् । प्राधिकरणले भने नियम अनुसार नै विजुली महशुल पठाएको र राजनीतिक दबावको कारण उठाउन नसकेको बताएको छ । 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal