Skip to content
Prabhu

२१ अंकले घट्यो नेप्से परिसूचक, ७ अर्ब ११ करोडको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक २१ अंकले घटेको छ । साताको पहिलो दिन नेप्सेमा कारोबार रकम बढेपनि सूचक भने ओरालो लागेको हो । 

नेप्सेमा पछिल्लो साता लगातार सेयर मूल्य बढीरहेका हाथवे इन्भेष्टमेन्ट,नेपाल रिपब्लिक मिडिया,हिमालयन डिस्टिलिरीको सेयर मूल्य घटेको छ । 

लगातार सर्किट ब्रेक लगाएर बढेको हाथवे र नेपाल रिपब्लिक मिडियाको सेयर मूल्य आइतबार १० प्रतिशतले नै घटेको हो । 

बोटलर्स नेपाल सहित जलविद्युत् कम्पनीको सेयर मूल्य बढेको छ । 

नेप्से परिसूचक घटेपनि सेयर बजारमा सात अर्ब ११ करोडको कारोबार भएको छ । पछिल्लो समयकै बढी कारोबार भएको हुनाले सेयर बजारमा खरिदकर्ता बढ्दै गएको देखिन्छ । यसले सेयर बजार आउने दिनमा बढ्ने संकेत गर्ने अनुमान विश्लेषकको छ । 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal