Skip to content
Prabhu

आक्र्स ग्रुपले हाइलोङ ब्राण्डको विद्युतीय माइक्रो भ्यान भित्र्याउँदै

nabil

काठमाडौं । नेपाली बजारमा चीनमा निर्मित हाइलोङ ब्राण्डको विद्युतीय माइक्रो भ्यान भित्रने भएको छ ।

नेपाली बजारको आवश्यकता र विद्युतीय सवारीप्रति बढ्दो मागलाई दृष्टिगत गर्दै आक्र्स ग्रुपद्वारा हाइलोङ ब्राण्डको विद्युतीय माइक्रो भ्यान भित्र्याउन लागेको हो । 

मध्यम तथा छोटो दूरी, स्कूल, अस्पताल, पर्यटन प्रयोजनमा सञ्चालन  गर्न अत्यन्तै व्यावहारिक हुने १४ सिट क्षमताको माइक्रो भ्यान शीघ्र बजारमा उपलब्ध हुने आक्र्स ग्रेुपले जनाएको छ ।  

हाइलोङ अटोमोबाइल ब्राण्डका गाडीहरु चीनलगायत दक्षिण कोरिया, मलेसिया, थाइल्याण्ड, कम्बोडिया र लाओसमा बिक्री हुँदै आएका छन् । 

हाइलोङको स्थानीय साझेदार आक्र्सले ग्रुप ४५ वर्षदेखि नेपालको विभिन्न क्षेत्रमा गतिशील व्यावसायिक समूहको रूपमा स्थापित रहँदै आएको छ । यस ग्रुपसँग अटोमोबाइल क्षेत्रमा मात्र २५ वर्षको अनुभव रहेको छ । 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal