Skip to content
Prabhu

माछापुच्छ्रे बैंकले बुझायो बार्गेन गेन अन्तर्गत १० करोड रुपैयाँ कर

काठमाडौं । माछापुच्छ्रे बैंकले बार्गेन गेन अन्तर्गत १० करोड रुपैयाँ कर बुझाएको छ । 

बैंकले मंसिर मसान्तभित्र सरकारले दिएको सहुलियत अनुसार १० करोड २७ लाख रुपैयाँ कर बुझाएको जानकारी सेयरधनीलाई दिएको हो । 

सरकारले मर्जर तथा एक्विजेशनमा हुने स्वापमा प्राप्त भएको लाभ,प्रिमियम मूल्यमा जारी भएको एफपीओ,लिलामीमा बिक्री भएको हकप्रद सेयरमा कर लगाउने निर्णय गरेको थियो ।

 सर्बोच्च अदालतले सरकारको पक्षमा फैसला गरेपछि बैंक तथा वित्तीय संस्थाले मंसिर मसान्तभित्रमा कर बुझाएका हुन् । 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal