काठमाडौं । दुई अर्ब ५० करोड रुपैयाँको कारोबार गर्ने लक्ष्यका साथ काठमाडौंमा बिहीबारदेखि घरजग्गा मेला हुने भएको छ ।
नेपाल जग्गा तथा आवास विकास संघको आयोजनामा मेला हुन लागेको हो । मेलामा भवन तथा संयुक्त आवास र जग्गा योजनामा आवद्ध व्यवसायी, निर्माण सामग्रीका उत्पादक तथा बिक्रेता, इन्जिनियर तथा आर्किटेक्चर कन्सल्ट्याण्टलगायत स्वदेशी तथा विदेशी प्रदर्शकका साथै बैंक र बीमा कम्पनी सहभागीता रहने छ ।
पछिल्लो बैंक तथा वित्तीय संस्थामा तरलता बढ्दो क्रममा रहेको हुँदा ब्याजदर सस्तो हुँदै गएको छ । यो अवस्थामा घरजग्गाको कारोबार बढ्ने अपेक्षा व्यवसायीको छ ।
प्रतिक्रिया दिनुहोस्