Skip to content
Prabhu

१७.२३ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक १७.२३ अंकले घटेको छ । गत सातासम्म निरन्तर बढीरहेको नेप्से परिसूचक आइतबार समेत घटेको थियो । दुईदिनको सार्वजनिक बिदा पछि खुलेको बजारले बुधबारपनि आइतबारकै लय समातेको हो । 

नेप्सेमा बुधबार पाँच अर्ब २४ करोड रुपैयाँको कारोबार भएको छ । 

कारोबार रकमको आधारमा सोनापुर सिमेन्ट १९ करोड ६६ लाखको हुँदा अगाडि रहेको छ । 

सबैभन्दा बढी सेयर मूल्य बढ्ने कम्पनीमा नेपाल इन्स्योरेन्स,इन्फिनिटी लघुवित्त,मनकामना इन्जिनियरिङ रहेका छन् । सबैभन्दा बढी सेयर मूल्य घट्ने कम्पनीमा बिपीडब्लु लघुवित्त रहेको छ । 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal