Skip to content
Prabhu

युवालक्षित स्टार्टअप कार्यक्रम ल्याउन प्रधानमन्त्री प्रचण्डको निर्देशन

काठमाडौं । प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवालक्षित नवप्रवर्तनका कार्यक्रमलाई प्राथमिकता दिन निर्देशन दिएका छन् । 

उद्योग मन्त्रालयसँग सम्बन्धित छलफलमा प्रधानमन्त्री प्रचण्डले  नवप्रवर्तनशील सोच र जोश भएका युवामा उद्यमशीलता विकास गर्न  ‘विजनेस इन्कवेसन सेन्टर’ बाट सातवटा प्रदेशममा कार्यक्रम सञ्चालन गर्न निर्देशन दिए । 

‘नवप्रवर्तन कोष परिचालन गरी कम्तीमा २० हजार युवाको नवीनतम सोचलाई वस्तु र सेवा उत्पादनमा जोड्ने तथा स्वरोजगारी, नवप्रवर्तन र विभिन्न व्यवसायले सिर्जना गर्ने रोजगारी मापनका लागि ‘जबमिटर’ को व्यवस्था गर्न विशेष योजना तयार गर्नुहोला, ’ प्रधानमन्त्री प्रचण्डले भने । 

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उद्योग तथा वाणिज्य प्रवद्र्धनका लागि विनियोजित रकम कम भएको गुनासो प्रधानमन्त्रीसँग गरे । 

 मुख्यसचिव डा वैकुण्ठ अर्यालले प्रधानमन्त्रीले गर्नुभएको राष्ट्रका नाममा सम्बोधनमा समेटिएका विषय कार्ययोजना बनाएर कार्यान्वयनमा जान निर्देशन दिँदै अब उप्रान्त मन्त्रालयगत आँकडाका आधारमा मूल्याङ्कन हुने बताए । 

उनुभयो । साथै उहाँले औद्योगिक क्षेत्र घोषणा गरिएका क्षेत्रलाई प्राथमिकता दिएर काम 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal