Skip to content
Prabhu

डेडिकेटेड र ट्रंक लाइनको बक्यौता २२ अर्ब २४ करोड, नतिर्ने सबै उद्योगको विजुली काट्ने कुलमानको घोषणा

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनको विजुली महशुल नतिर्ने सबै उद्योगको लाइन काट्ने घोषणा गरेको छ । 

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाएरै छाड्ने बताएका छन् । बिहीबारको पत्रकार सम्मेलनमा बोल्दै घिसिङले नियम अनुसार नै प्राधिकरणले महशुलको बिल पठाएको र नतिर्ने सबैको लाइन काटिने बताए । 

उनले उद्योगीले प्राधिकरण विरुद्ध हालेको ४८ वटा मुद्दा खारेज भएको जानकारी दिए । 

‘अब कसैले चाहेर पनि महशुल बक्यौता रहने भन्ने हुँदैन,’घिसिङले बिहीबार आयोजित पत्रकार सम्मेलनमा भने,‘बक्यौता रकम बुझाएपनि मात्र काटिएको लाइन जोडिने छ ।’

प्राधिकरणका अनुसार अहिले विजुलीको लाइन काटिएका ९ वटा ठूला उद्योगले मात्र १२ अर्बभन्दा बढी रकम तिर्न बाँकी छ । जसमा सबैभन्दा बढी ४ अर्ब १४ करोड जगदम्बा स्टीलको रहेको छ । 

प्राधिकरणले देशभरकका ६१ वटा उद्योगबाट २२ अर्ब २४ करोड रुपैयाँ उठाउन बाँकी रहेको जानकारी पत्रकार सम्मेलनमा दिएको छ । 

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal