Skip to content
Prabhu

जाजरकोट भूकम्प प्रभावित क्षेत्रको पुननिर्माणको लागि ७५ अर्ब रुपैयाँ लगानी गर्नुपर्नेः अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले भूकम्प पीडितलाई सुरक्षित गर्ने अभियानमा सरकार गम्भीरताका साथ लागेको बताएका छन् । 

जाजरकोट रामीडाँडा भूकम्प प्रभावित क्षेत्रको पुनर्निर्माण सम्बन्धी वृहत् अन्तरक्रिया कार्यक्रममा मन्त्री डा महतले प्राविधिक रुपमा ऐन कानुनले साधनस्रोत परिचालनमा केही जटिलता थपेको बताए । 

‘स्थानीय सरकारको प्रत्यक्ष निगरानी, प्रदेश सरकारको सहयोग र सहभागितामा योजना कार्यान्वयन भएको छ । पुननिर्माण दोस्रो चरणमा आउँछ, सरकारले तत्काल पीडित परिवारलाई ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ’ मन्त्री डा। महतले भने ‘विपद् अध्ययन जोखिम न्यूनीकरण तथा पुनर्लाभ शाखामार्फत् जिल्ला शाखाबाट वडा तहसम्म राहत पुर्याउने काम भएको छ । यद्यपि छिटो छरितो ढंगले राहत पुर्याउन केही समस्या आएका छन् ।’

भूकम्प प्रभावित क्षेत्रका लागि सरकारले तत्काल १० अर्ब रुपैयाँ विनियोजन गरेको छ । सरकार, नागरिक समाज, निजी क्षेत्र, दातृ निकाय र आम नागरिकले जति सहयोग उपलब्ध गराए त्यो सहयोग पीडितसमक्ष पुग्ने क्रम जारी रहेको जानकारी दिए । 

‘विपद् व्यवस्थापन विभागको आंकलनअनुसार ५५ करोड अमेरिकी डलर पुननिर्माणमा खर्च लाग्न सक्छ । अर्थात् ७५ अर्बभन्दा बढी रुपैयाँ पुनर्निर्माणका लागि जुटाउनुपर्ने हुन्छ । हाम्रो पूँजीगत खर्च नै ३ सय २ अर्ब हो । त्यसकारण बढीभन्दा बढी हामी विदेशबाट जुटाउने प्रयास गर्नेछौं,’ महतले भने । 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal