Skip to content
Prabhu

११२ अंकले एकसातासम्म घटेको नेप्से परिसूचक बढ्यो

काठमाडौं । सेयर कारोबार भएको पछिल्लो ६ दिन घटेको नेप्से परिसूचक बुधबार बढेको छ । 

पछिल्ला ६ दिन गरेर नेप्से परिसूचक ११२ अंकले घटेको थियो । 

बुधबार नेप्से परिसूचक २७.९० अंकले बढेर २०५८ बिन्दुमा परिसूचक आएको छ । 

अघिल्लो साता नाफा बुक गर्ने लगानीकर्ता बढेको कारण घटेको परिसूचक बढेको हो । पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा तरलताको अवस्था सहज बन्दै गएको छ । निक्षेपको ब्याजदर एकल अंकमा आएको छ । कर्जाको ब्याजदर पनि विस्तारै घट्दो क्रममा रहेको छ । बुधबार नेप्सेमा चार अर्ब चार करोड रुपैयाँको कारोबार भएको छ । 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal