काठमाडौं । साताको अन्तिम दिन सेयर कारोबार रकम बढ्दा परिसूचक घटेको छ ।
बिहीबार बुधबारको तुलनामा कारोबार रकम बढेको हो । बिहीबार पाँच अर्ब ५८ करोड रुपैयाँको कारोबार भएको छ ।
कारोबार रकम बढेपनि नेप्से परिसूचक ८.७१ अंकले घटेको छ । ३०३ वटा कम्पनीको सेयर किनबेच भएको नेप्सेमा ११३ कम्पनीको सेयर मूल्य बढेको छ ।
सेयर मूल्य बढ्ने कम्पनीमा कालिका पावर,सिंगटी हाइड्रो रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्