काठमाडौं । नेपाल र भारतका परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठक सकिएको छ ।
परराष्ट्रमन्त्री एनपी साउद र भारतीय विदेशमन्त्री एस जयशंकरको संयुक्त अध्यक्षतामा बसेको आयोगको सातौ बैठकमा आर्थिक सम्बन्ध, व्यापार विस्तार, पारवहन, उर्जा तथा जलस्रोत, शिक्षा तथा संस्कृति र राजनीतिकलगायतका विषयगत क्षेत्रहरु अन्तर्गत नेपाल–भारत सम्बन्धका विभिन्न पक्षमा छलफल छ ।
बैठकमा भाग लिन भारतीय विदेशमन्त्री जयशंकर बिहीबार काठमाडौंमा आइपुगेका थिए ।
प्रतिक्रिया दिनुहोस्