Skip to content
Prabhu

एआईडिआईए र भारतको विवेकानन्द ईन्टरनेशनल फाउण्डेशनले अन्तराष्ट्रिय सम्बन्ध बिषयमा सहकार्य गर्ने

काठमाडौं ।  नेपाल स्थित एशियन इन्स्टिच्युट अफ डिप्लोमेसी एण्ड इन्टरनेशनल अफेयर्स (एआईडिआईए) र  भारतको थिंकट्यांक संस्था विवेकानन्द इन्टरनेशनल फाउण्डेसन (भिआईएफ) वीच दुई देशको आर्थिक कुटनीति लगायत समसामयिक महत्वका बिषयहरुमा आपसी सहकार्य एवं सहयोगको आदान प्रदान गर्ने बिषयमा उक्त सहमतिपत्रमा हस्ताक्षर सम्पन्न भएको छ । 

भारतको नयाँ दिल्लीमा एआईडिआईए को तर्फबाट संस्थापक एवं नेपाल–भारत उद्योग वाणिज्य संघका उपाध्यक्ष सुनिल केसी तथा भिआईएफका तर्फबाट निर्देशक डा.अरबिन्द गुप्ताले दुई संस्थावीच आधिकारिक रुपमा उक्त बिषयमा सहमति गरी उक्त सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । 

उक्त सहमतिपत्रमा प्राथमिकताका आधारमा दुई देशवीचको आर्थिक कुटनीति, अन्तराष्ट्रिय सम्बन्धका बिषय लगायत समसामयिक महत्वका बिषयहरुमा एउटा सुदृढ ढांचाको बिकास गरी दुईपक्षीय सहयोगको आदान–प्रदान गर्न भूमिका खेल्ने तथा आपसी सहकार्य एवं सहयोगको आदान प्रदान गर्ने बिषयमा सहमति भएको छ । यस प्रकारको रणनीतिक समझदारीले दुई देशीय सम्बन्धलाई अझ थप मजबुत बनाउने लगायत आर्थिक कूटनीति लगायत अन्तराष्ट्रिय सम्बन्धहरुका बिषयमा उदयमान बिश्वब्यापी चुनौतीहरुलाई सम्बोधन गर्न संयुक्त रुपमा पहल गरिने रहेकोछ । 

विवेकानन्द इन्टरनेशनल फाउण्डेशन बर्तमान भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार अजित दोवालद्वारा स्थापित भारतीय थिंकट्यांक संस्था हो जसले कूटनीति लगायत आर्थिक सामाजिक समसामयिक मुद्दाहरुमा गुणस्तरीय अनुसन्धान, बिस्तृत अध्ययन र रचनात्मक संवादको माध्यमबाट द्वन्द समाधान गर्नको लागी एक महत्वपूर्ण प्लेटफार्म अथवा माध्यमको रुपमा आप्mनो सेवा प्रदान गर्ने संकल्प सहिति सन् २००९को डिसेम्बरमा स्थापित संस्था हो भने एआईडिआईए नेपाल स्थित स्वतन्त्र, निष्पक्ष रुपमा कूटनीति एवं अन्तराष्ट्रिय सम्बन्धको क्षेत्रमा काम गर्दै आएको नेपाली थिंकट्यांक संस्था हो । 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal