काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनको १९ सिटमा सत्ता गठबन्धनमा बाँडफाँट भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले सिट बाँडफाँट टुङ्ग्याएको हो ।
राष्ट्रियसभा सदस्यको १९ सिटमध्ये १० मा नेपाली कांग्रेस, ६ वटा नेकपा माओवादी केन्द्र, दुई वटा नेकपा एकीकृत समाजवादी र एउटा जनता समाजवादी पार्टी ९जसपा० नेपालले उम्मेदवारी दिनेगरी टुङ्गो लागेको छ ।
प्रतिक्रिया दिनुहोस्