Skip to content
Prabhu

उद्योगी र प्राधिकरणबिचको विवाद समाधानमा विशेष पहल लिन सरकारलाई अध्यक्ष ढकालको आग्रह

चितवन । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्योगीरव्यवसायी र विद्युत् प्राधिकरणबीचको समस्या समाधानमा सरकारले विशेष प्रयास  गर्नुपर्नेमा जोड दिएका छन् । 

उद्योग वाणिज्य संघ चितवनको ५७औं वार्षिक साधारण सभा तथा अधिवेशनको उद्घाटन समारोहलाई सम्वोधन गर्दै अध्यक्ष ढकालले उद्योगको विद्युत उत्पादन, रोजगारी र राजश्व लगायत अन्य थुप्रै विषयसँग सम्बन्धितरहने बताउँदै उद्योगको विद्युत जोडेर वार्ता सुरु गर्न सरकारलाई आग्रह समेत गरे । 

लगानी सम्मेलनको मुखमा उद्योग बन्द गर्दा नकारात्मक सन्देश जाने बताउँदै यसको दीर्घकालीन समाधानका लागि उच्चस्तरीय आयोग अथवा संयन्त्र जरुरी हुने बताए । 

अर्थतन्त्र सुधारको लागि सबै व्यवसायी सकारात्मक सोचका साथ लाग्न जरुरी रहेको बताए । 

अहिले अर्थतन्त्रमा देखिएको समस्या सहज भएपछि छोटो समयमा फड्को मार्न सक्नेगरी काम गर्नुपर्ने उनले बताए । 

सरकार र निजी क्षेत्रबिच सहकार्य र एकताले मात्र अर्थतन्त्रलाइ पुरानो लयमा लैजान सकिने बताउँदै अर्थतन्त्रलाई पुरानै लयमा फर्काउन निजी क्षेत्र र सरकारबीच वास्तविक सहकार्य हुनुपर्ने उनको जोड थियो । 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal