Skip to content
Prabhu

एनआइसी एशिया बैंकले घटायो ब्याजदर, एकवर्षको मुद्दति निक्षेपको ब्याजदर ७.२५ प्रतिशत

nabil

काठमाडौं । एनआईसी एशिया बैंकले निक्षेपको ब्याजदर घटाएको छ । माघ महिनाको लागि बैंकले एकवर्षको मुद्दति निक्षेपमा ७.२५ प्रतिशत ब्याजदर दिने उल्लेख गरेको छ । 

बैंकले पुस महिनाको तुलनामा माघ महिनामा निक्षेपमा दिने ब्याजदर घटाएको हो । 

बैंकले मुद्दति निक्षेपमा अधिकतम ८।०६५ प्रतिशत ब्याजदर दिने जनाएको छ । २४ महिनादेखि १८० महिनाको लागि ८.०६५ प्रतिशत ब्याजदर दिने बैंकको सूचना उल्लेख छ । 

संस्थागत तर्फ एकवर्षको मुद्दति निक्षेपमा ५.२५ प्रतिशत निक्षेप दिने बैंकले उल्लेख गरेको छ । बैंकले बचत खातामा ३.९८ प्रतिशत ब्याजदर दिने छ । 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal