काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले उद्योगहरुमा काटिएको लाइन जोड्ने भएको छ ।
प्राधिकरणको सञ्चालक समितिको शुक्रबार बसेको बैठकले मन्त्रीपरिषदको निर्णय अनुसार लाइन काटिएका उद्योगको विजुली जडान गर्ने निर्णय गरेको हो ।
ट्रंकलाइन र डेडिकेटेड लाइनको बक्यौता रहेका उद्योगी लाइन काटेको थियो । उद्योगी र प्राधिकरणबीच बक्यौता विषयमा रहेको छ ।
सरकारले पूर्व न्यायधीश गिरिशचन्द्र लालको संयोजकत्वमा महशुल विवादको लागि समिति बनाउने निर्णय गरेको थियो ।
प्राधिकरणले प्रधानमन्त्रीले निर्देशन दिएपछि बक्यौता रहेका उद्योगको लाइन काटेको थियो । प्रधानमन्त्रीको प्रस्तावमा नै मन्त्रीपरिषदले आयोग बनाउने निर्णय गरेपछि प्राधिकरणले काटिएका उद्योगमा विजुलीको लाइन बक्यौता नबुझाएपनि जोड्नुपर्ने अवस्था आएको हो ।
प्रतिक्रिया दिनुहोस्