काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले विभिन्न तहमा खुला तथा समावेशीतर्फ ६० जनाका लागि जागिर खुलाएको छ ।
कम्पनीले आज विज्ञापन प्रकाशित गर्दै चार तहमा २२ जना, पाँच तहमा १३ जना, अधिकृत छ तहमा १४ जना, अधिकृत सात तहमा २ र आठ तहमा तीन जनाका लागि जागिर खुलाएको छ । साथै नौ तहमा ६ जनाका लागि विज्ञापन आह्वान गरेको छ ।
इच्छुकले आगामी माघ १८ गतेसम्म र दोब्बर दस्तुर तिरेर माघ २५ गतेसम्म आवेदन दिनसक्नेछन् ।
प्रतिक्रिया दिनुहोस्