Skip to content
Prabhu

राष्ट्रिय सहकारी महासंघको अध्यक्षमा ओमदेवी मल्ल निर्विरोध निर्वाचित

 

काठमाडौं ।  राष्ट्रिय सहकारी महासंघको अध्यक्षमा ओमदेवी मल्ल निर्वाचित भएकी छन् । 

२०५० सालमा स्थापना भएको राष्ट्रिय सहकारी महासंघमा पहिलो पटक महिला अध्यक्ष निर्वाचित भएको हो । 

निवर्तमान अध्यक्ष मिनराज कडेलले महासंघको इतिहासमा पहिलो पटक महिला अध्यक्ष भएको बताए । 

मिनराज कडेल अघि पुर्व मन्त्री केशव बडाल र दिपक प्रकाश बास्कोटाले महासंघको नेतृत्व गरेका थिए । 

२५ सदस्य संचालक समिति र तीन सदस्य लेखा सुपरिवेक्षण समितिका पदहरुमा निर्विरोध  भएको छ । मल्ल यस अघि वरिष्ठ उपाध्यक्ष थिइन् । 

मल्लले सहकारी अभियानको सुदृढीकरणका लागि सबैसँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे । 

त्यसैगरी वरिष्ठ उपाध्यक्षमा रमेश प्रसाद पोखरेल चयन भए । उपाध्यक्षहरुमा खेमबहादुर पाठक, डि.बि. बस्नेत र इन्दिरा पन्त निर्विरोध चयन भए । 

संचालकहरुमा टेकप्रसाद चौलागाई, हुमाकुमारी जिसी(अन्जु), बद्रीप्रसाद लम्साल, काशीचन्द्र बराल, परितोष पौड्याल, हरिहरनाथ योगी, माधवप्रसाद जोशी, शम्भुप्रसाद, छत्रप्रसाद रिमाल, पार्वती न्यौपाने, टिका न्यौपाने, नथुनी यादव, प्रेमप्रसाद सुवेदी जैसी, सुमन नेपाल, होमनाथ जैसी, एकता शाह, योगमाया सुवेदी, शारदा दहाल, कमला कुमारी सुवेदी पौडेल चयन भए । 

साथै लेखा सुपरिवेक्षण समितिको सदस्यहरुमा  अमरनाथ न्यौपाने र हेमकुमारी अधिकारी निर्विरोध निर्वाचित भए । 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal