Skip to content
Prabhu

राष्ट्रियसभा सदस्यका लागि ५१ जनाको उम्मेदवारी कायम, आज चुनाव चिन्ह दिइँदै

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरेको छ । निर्वाचनमा यसअघि ५२ जनाले उम्मेदवारी दर्ता गराएकोमा एक जनाले अन्य समूहतर्फ मनोनयन फिर्ता लिएपछि हाल ५१ जनाको उम्मेदवारी कायम भएको छ । 

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले लुम्बिनी प्रदेशमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट अन्य समूहतर्फ उम्मेदवारी दिनुभएका निरञ्जनकुमार थापाले उम्मेदवारी फिर्ता लिनु भएको जानकारी दिनुभयो । 

आयोगका अनुसार निर्वाचन कार्यतालिकाअनुसार आज उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गरिँदैछ । कूल १२ दलले भाग लिने भन्दै दल दर्ता गराएकोमा आठ दलले मात्रै उम्मेदवारी दिएका छन् । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, राष्ट्रिय जनमोर्चा, नागरिक उन्मुक्ति पार्टी र नेपालसमाजवादी पार्टीले दल दर्ता गराए पनि उम्मेदवारी दिएनने । आगामी फागुन २० गते पदावधि समाप्त हुन लागेका १९ जना सदस्यका लागि माघ ११ गते निर्वाचन हुँदैछ । 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal