Skip to content
Prabhu

नेप्से परिसूचक ३१.६२ अंकले बढ्यो,नेपाल रिको ३५ करोड रुपैयाँको संस्थापक सेयर किनबेच

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले ब्याजदर घटाउने प्रभाव सेयर बजारमा देखिएको छ । साताको पहिलो आइतबार नेप्से परिसूचक ३१.६२ अंकले बढेको छ । 

नेप्सेमा पाँच अर्ब ३२ करोड रुपैयाँको सेयर किनबेच भएको छ । आइतबार अधिकांश बैंक तथा वित्तीय संस्थाले माघ महिनाको लागि ब्याजदर घटाउने सूचना सार्वजनिक गरेका थिए । निक्षेपसँगै कर्जाको समेत ब्याजदर घट्ने हुँदा लगानीकर्तामा उत्साह देखिएको छ । 

आइतबार नेप्सेमा ९ वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । ९ देखि १० प्रतिशतभन्दा कमले सेयर मूल्य बढ्ने कम्पनी ९ वटा छन् । 

सबैभन्दा बढी मेगा म्युचुअल फण्डको सेयर मूल्य घटेको छ । नेप्सेमा आइतबार ३१४ कम्पनीको सेयर किनबेच भएको छ । 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal