Skip to content
Prabhu

घट्यो निक्षेपको ब्याजदर, एक वर्षको मुद्दतीमा बढीमा ९ प्रतिशतसम्म ब्याज पाइने

काठमाडौं । बैंकहरुमा ऋण दिनको लागि प्रयाप्त रकम भएसँगै निक्षेपको ब्याजदर घटेको छ । 

सञ्चालनमा रहेका सबैजसो वाणिज्य बैंकले माघ महिनाको लागि निक्षेपमा दिने ब्याजदरलाई घटाएका छन् । 

पुस महिनामा प्राइम कमर्शियल बैंकले मात्र एकवर्षको मुद्दती निक्षेपमा १० प्रतिशत ब्याजदर दिने योजना ल्याएको थियो । तर,माघ महिनाको लागि प्राइमले पनि ८.१० प्रतिशत ब्याजदर दिने प्रस्ताव गरेको छ । 

बैंकहरुको प्रकाशित ब्याजदर सूचि हेर्दा माघ महिनामा एनएमबि बैंकले ९ प्रतिशत ब्याजदर दिने छ । अरु बैंकहरुको औसतमा एकवर्षको मुद्दती निक्षेपमा ८ प्रतिशत ब्याजदर दिने छ । 

बैंकहरुले बचत खातामा ४ प्रतिशत ब्याजदर दिने छन् । बैंकहरुले निक्षेपको ब्याजदर घटाएसँगै औसतमा कर्जाको आधार दर समेत घटेको छ । अहिले बैंकहरुबाट साढे १० प्रतिशत ब्याजदरमा कर्जा पाउने अवस्था भएको छ । 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal