Skip to content
Prabhu

स्वास्थ्य बीमाः १० प्रतिशत रकम बिरामीले तिर्नुपर्ने व्यवस्था लागू

काठमाडौं । स्वास्थ्य बीमा बोर्ड अन्तर्गत सञ्चालित कार्यक्रममा अबदेखि बिरामीले १० प्रतिशत खर्च तिर्नुपर्ने व्यवस्था लागू भएको छ । 

माघ १ देखि स्वास्थ्य बीमा बोर्ड अन्तर्गत सञ्चालिन बीमा कार्यक्रममा स्वास्थ्य सेवा उपभोग गरे वापत बिरामीले १० प्रतिशत खर्च तिनुपर्ने व्यवस्था लागू भएको हो । 

यसअघि बोर्डमा आबद्ध भएकाले कुनै पनि बिमितले उपचार गरेबापत पैसा तिर्नु नपर्ने व्यवस्था थियो । 

पाँचजना परिवारसम्म सदस्य भएका परिवारले वार्षिक तीन हजार पाँच सयको योगदान रकम तिरी एक लाखसम्मको सुविधा लिनसक्ने व्यवस्था रहेको छ । उनले अनावश्यक स्वास्थ्य परीक्षणलाई निरुत्साहित गर्नका लागि परीक्षणका रुपमा सहभुक्तानी प्रणाली लागू भएको हो । 

अहिलेसम्म ७४ लाख ६६ हजार सातजना बीमा आबद्ध रहेको र तीमध्ये ३४ लाख ७६ हजार सात सय ७८ जनाले बीमा कार्यक्रममार्फत स्वास्थ्य सेवा लिएका छन् । 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal