Skip to content
Prabhu

भारतीय सेना फिर्ता गर्न मालदिभ्सले दियो ‘डेडलाइन’

एजेन्सी । भारत र मालदिभ्सबीच केही दिनदेखि जारी विवादले नयाँ रुप लिएको छ । मालदिभ्सको  सरकारले भारतीय सैनिकलाई आगामी मार्च १५ सम्म मालदिभ्स छाड्न आदेश दिएको छ । मादलिभ्सको परराष्ट्र मन्त्रालयले दुवै देश यसका लागि सहमति भइसकेको दाबी समेत गरेको छ । 

भारतको विदेश मन्त्रालयले जारी गरेको बयानमा भने राजधानी मालेमा भएको उच्चस्तरीय कोर बैठक भएको र उक्त बैठकमा दुई देशबीच आपसी सम्बन्ध र सहयोग बढाउने विषयमा कुराकानी भएको उल्लेख छ । बयानमा मालदिभ्समा मानवीय तथा स्वास्थ्य सुविधा दिने भारतीय एभिएसन प्लेटफर्म सञ्चालन गरिराख्ने समस्या समाधानका विषयमा दुई  देशबीच कुराकानी भएको थियो । 

मालदिभ्सले भने भारत सरकार भारतीय सेना फिर्ता लैजाने विषयमा सहमत भएको दाबी गरिरहेको छ भने भारत सरकारले त्यस विषयमा कुनै सहमति नभएको प्रतिक्रिया दिएको छ । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लक्ष्यद्विप भ्रमणपछि मालदिभ्सका तीन मन्त्रीले विवादास्पद प्रतिक्रिया दिएका थिए । त्यसपछि दुई देशबीच विवाद सुरु भएको हो । हाल मालदिभ्समा ८८ जना भारतीय सेना छन् । 

मालदिभ्सका राष्ट्रपति मोहम्मद मुइज़्ज़ूले निर्वाचनको समयमा इन्डिया आउटको मुद्दा अगाडि सार्दै भारतीय सैनिक फिर्ता गर्ने विषयलाई उठान गरेका थिए । 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal