Skip to content
Prabhu

साना किसान विकास लघुवित्तमा नयाँ नेतृत्व, अध्यक्षमा पाठक

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाको  अध्यक्षमा खेम बहादुर पाठक चयन भएका छन् ।  

भक्तपुरको बोडेमा रहेको कृषि विकास बैंकको तालिम केन्द्रमा भएको संस्थाको २२ औँ वार्षिक साधारण सभाबाट पाठक चार वर्षको लागि अध्यक्षमा चयन भएका हुन् । 

नयाँ नेतृत्वका लागि ६ जना सञ्चालक निर्वाचित भएपछि बसेको पहिलो बैठकले पाठकलाई लघुवित्तको अध्यक्षमा चयन गरेको हो । 

संस्थाको सञ्चालकहरुमा डा. बावुकाजी थापा, समता पन्त, सुखदेव न्यौपाने, उमेश लम्साल र भिम प्रसाद पन्त निर्वाचित हुनुभएको छ । नयाँ सञ्चालक समितिको कार्यकाल चार वर्षको रहने छ । 

ग्रामीण क्षेत्रमा रहेका साना किसान कृषि सहकारी संस्था, लघुवित्त संस्थाहरु र समान प्रकृतिका संस्थाहरु मार्फत थोक कर्जा प्रदायक संस्थाका रुपमा रहेको साना किसान विकास लघुवित्त वित्तीय संस्था र आरएमडीसी लघुवित्त वित्तीय संस्था लि. गत असार २४ गते मर्ज भएका थिए । 

७७ जिल्लामा सेवा पुगेको यस वित्तीय संस्थाको चुक्ता पुँजी तीन अर्ब ३३ करोड रहेको छ । 

५ सय ४६ वटा स्थानीय तहमा सञ्जाल विस्तार गरी एक हजार ६ सय ३६ साझेदार संस्था मार्फत १० लाख २९ हजार ८ सय ७५ परिवारमा यस वित्तीय संस्थाको सेवा पुगेको छ । 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal