Skip to content
Prabhu

६ महिनामा लक्ष्यभन्दा एक खर्ब ७२ अर्ब राजस्व संकलन कम

काठमाडौं । सरकारले पुस मसान्तसम्ममा लक्ष्यको तुलनामा एक खर्ब ७२ अर्ब रुपैयाँ कम राजस्व संकलन गरेको छ । 

बजारमा आर्थिक शिलिता रहेको कारण सरकारले लक्ष्य अनुसार राजस्व संकलन गर्न नसकेको हो । 

पुस मसान्तसम्म सरकारले चार खर्ब ९६ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ । सरकारले पाएको सहायता,सरकारी लगानीबाट आउने लाभांश लगायतका गर्दा सरकारको आम्दानी पुस मसान्तसम्म पाँच खर्ब १८ अर्ब रहेको छ । 

सरकारले चालु आर्थिक वर्षमा १४ खर्ब २२ अर्ब रुपैयाँ राजस्व संकनल गर्ने लक्ष्य राखेको छ । 

गत आर्थिक वर्षसम्म तुलना गर्दा भने राजस्ज संकलन बढेको छ । गतवर्ष पुस मसान्तसम्म सरकारले चार खर्ब ५८ अर्ब राजस्व संकलन गरेको थियो । गत अर्थिक वर्षमा राजस्व संकलन अघिल्लो वर्षको तुलनामा कम भएको थियो । 

चालु आर्थिक वर्षमा गतवर्षको तुलनामा राजस्व बढेपनि लक्ष्य अनुसार भने उठाउन कठिन पर्ने देखिएको छ । 

६ महिनामा सरकाले चार खर्ब ३७ अर्ब,विकास तर्फ ४९ अर्ब,वित्तीय व्यवस्था अन्तर्गत ८० अर्ब खर्च गरेको छ । 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal